पहिरोले बीपी राजमार्ग अवरुद्ध
काभ्रेपलाञ्चोक । अविरल वर्षापछि खसेको पहिरोको कारण काभ्रेपलाञ्चोक खण्डमा पर्ने बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सडकका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सञ्चालन ठप्प भएको हो । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयवेशी, रोशी–८ गिम्दीवेशी र रोशी–११ माम्तीमा पहिरो खसेको छ । यी स्थानमा पहिरो र लेदोले सडक ढाकिएपछि बीपी राजमार्गबाट सवारी आवागमन हुन सकेको छैन । लगातार वर्षा भइरहेकाले पहिरो हटाउने काममा समेत कठिनाइ भएको प्रहरीले जनाएको...







