अण्डा खाने बानी छ ? यस्ता छन् वैज्ञानिक रूपमा प्रमाणित नकरात्मक प्रभावहरू

अण्डा खाने बानी छ ? यस्ता छन् वैज्ञानिक रूपमा प्रमाणित नकरात्मक प्रभावहरू

काठमाडौं । स्वास्थ्यप्रेमीहरूका लागि प्रोटिनयुक्त भोजनको प्रमुख स्रोतका रूपमा चिनिएको अण्डा खाने बानीले शरीरमा विभिन्न दुष्प्रभावहरू देखिन सक्ने वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन्।

विश्वप्रसिद्ध Harvard T.H. Chan School of Public Health को अनुसन्धान अनुसार, अण्डा सेवनले कोलेस्ट्रोलको मात्रा बढाउने खतरा उच्च देखिएको छ। विशेषगरी, अण्डाको पहेँलो भागमा पाइने “डायेटरी कोलेस्ट्रोल” (प्रति अण्डा करिब 186 mg) शरीरमा खराब कोलेस्ट्रोल (LDL) को स्तर बढाउन सक्ने देखिएको हो।

१. मुटु सम्बन्धी रोगको जोखिम

Journal of the American Medical Association (JAMA) मा सन् २०१९ मा प्रकाशित एक अध्ययन अनुसार अण्डा खाने व्यक्तिहरूमा मुटु रोग, स्ट्रोक र समयपूर्व मृत्युको सम्भावना ६%–८% सम्म बढी देखिएको छ।

२. टाइप २ मधुमेहको जोखिम

British Medical Journal मा प्रकाशित अनुसन्धान अनुसार, लामो समयसम्म अण्डा खाने बानीले केही व्यक्तिहरूमा इन्सुलिन प्रतिरोध बढाउने देखिएको छ, जसले टाइप २ मधुमेहको जोखिम वृद्धि गर्न सक्छ।

३. ग्यास्ट्रिक र पाचन समस्याहरू

अण्डा सेवनले केही व्यक्तिमा अपचन, ग्यास र अम्लपित्त (acid reflux) को समस्या देखिन सक्छ। विशेषगरी, पकाउनुभन्दा काँचो वा अधपकाएको अण्डा सेवन गर्दा यी समस्या झनै बढ्न सक्छन्।

४. एलर्जी

बालबालिकामा प्रायः अण्डा एलर्जी देखिने गरेको छ। American College of Allergy, Asthma, and Immunology का अनुसार, अण्डा सेवनपछि छाला रसायन, पेट दुख्ने, बान्ता वा सास फेर्न गाह्रो हुनेजस्ता एलर्जिक प्रतिक्रिया देखिन सक्छ।

५. ब्याक्टेरियल संक्रमणको जोखिम

अधपकाएको वा राम्रोसँग नराखिएको अण्डाबाट Salmonella जस्तो ब्याक्टेरिया शरीरमा प्रवेश गर्न सक्छ, जसले पेटको संक्रमण, झाडापखाला र ज्वरो उत्पन्न गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्