दयनिय अवस्थामा रहेका सहयोगापेक्षी सडक मानवहरुको यथोचित व्यवस्था गरि सहज जिवन यापन गराउन मद्यत गर्ने उद्धेश्यले हाल दोलखा जिल्लालाई सहयोगापेक्षी सडक मानवमुक्त बनाउने अभियान तिब्रगतिमा जारी छ ।
यूवा अभियन्ता विकल खड्काका अनुसार, खास,वास र कपासको अभावमा सडकमा कष्टकर जिवन विताईरहेकाहरुलाई मानवीयतका आधारमा निरन्तर सहयोग गर्ने अभियान भईरहेको छ ।
बागमति प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सहजकर्ता बद्री पौडेलका अनुसार हालसम्म दोलखाका विभिन्न ठाउँबाट १४ जनाको उद्धार गरिएको छ । यसमा सबै भन्दा बढि भिमेश्वर नगरपालिकाबाट ९ जना, जिरीबाट ३ जना, लाकुरीडाँडा र मैनापोखरीबाट १/१ जनाको उद्धार गरिएको हो ।
उद्धार गरिएका सबैलाई ललितपुरको मानव सेवा आश्रम र मानव कल्याण समाज सेवा घर भक्तपुरमा राखिएको सहजकर्ता पौडेलले बताए । सबै यूवा अभियान्ताहरु मिलर दोलखालाई आगामी चैत्र महिनाभित्र सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला बनाउने लक्ष्य लिएको अभियन्ता विकल खड्का दाबी गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्