साकेला गाउँपालिकामा विकासको गति

साकेला गाउँपालिकामा विकासको गति

 

बाबुराम ओली

माघ २१, खोटाङ ।
साकेला गाउँपालिकामा विकासको गति तिव्र रुपमा अघि बढ्दै आइरहेको छ ।

स्थानीय सरकारको आगमन सँगै स्थानीय तहहरुमा विकासको गतिले फडको मारीरहेको छ । त्यस्ता थुप्रै विकासमा फडको मार्ने स्थानीय तहहरु मध्ये खोटाङ जिल्लाको साकेला गाउँपालिका रहेको छ । जन्प्रतिनिधि रुपमा आफुहरु आएपश्चात थुप्रै विकासका कामहरु भइरहेको तर कोभिडको कारणले गर्दा सोचेजस्तो विकासका काम गर्ने नसकेको खोटाङ जिल्ला साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन कुमार खड्काले बताउनु भयो ।

गाउँपालिकामा शिक्षा,स्वास्थ्य खानेपानी,सडक र पर्यटन जस्ता विषयलाई विशेष प्राथमिकताका साथ काम भइरहेका छन् ।
गाउँपालिकामा कृषिलाई व्यवसायीकरण गर्नको लागि भौगौलिक अवस्थालाई हेरेर पकेट क्षेत्र तोकेर विउ, मल, हाते टयाक्टर, बिरुवा लगायतका कृषि सामाग्रीको वितरण गर्ने काम भइरहेको छ भने  २२ करोडको लगानीमा सिचाइ निर्माण काम भइरहेको छ । सो क्षेत्रका किसानहरुको लागि ६० प्रतिशत गाउँपालिकाले र ४० प्रतिशत स्व्यम व्यक्त्तिले जिम्मा लिने गरि अनुदानको व्यवस्था पनि रहेको छ । जस्ले गर्दा किसानहरु उत्साह भएको देख्न सकिन्छ । सडक विकासको लागि पहिलो चरणमा आवश्यक पर्ने हुनाले मानेभञ्जयाङ, सापप्सु खोला, हुदैं पाँचधारे भोजपुर जोडने सडकको काम २८ कि. मि रहेको र सो सडकको ग्रावेल गर्ने काम तिव्र गतिमा अघि बढिरहेको छ यति मात्र होइन मानेभञ्जयाङ देखि बाँझे च्याँनधारा मध्ये पहाडि जोडने सडकको काम पनि तिव्र गतिमा भइरहेको गाउँपालिका अध्यक्ष खड्काले बताउनु भयो । भौतिक पुर्वधारका कच्चि सडकलाई मर्मत गर्ने काम र थप नयाँ सडक जोड्ने काम भइरहेको छ । सो क्षेत्रका प्रत्येक वडाहरुमा सडक पुर्याउने र खोलाहरुमा पुल बनाउने कामहरु पनि भइरहेको छ । सो क्षेत्रको निले डाँडा, मानेभञ्जयाङ हुदैं ताछिख खोला जोडने सडकको काम पनि भइरहेको छ । जस्ले गर्दा लामो दुरीको पैदल यात्रा मुक्त हुँदै गइरहेको गाउँपालिकाका अध्यक्ष खड्काले बताउनु भयो । स्थानीय बासीहरुमा शुद्ध खानेपानी पुर्याउनको लागि १ घर १ धारा अभियान चलिरहेको छ । यी सम्पूर्ण कामहरु भइरहँदा केही घरहरुमा खानेपानीको समस्या मुक्त हुन सकेको छैन अबको केही समयमा ती घरहरुमा शुद्ध खानेपानी पुर्याउनको लागि निरनतर काम सुरु भइरहेको अध्यक्ष खड्काले बताउनु भयो ।

शिक्षामा गुणस्तरता ल्याउनको विद्यालयहरको निर्माण, विषयगत शिक्षकको व्यवस्था, प्रयाप्त मात्रामा पाठय्पुस्तकको उपलब्धता लगायतका थुप्रै व्यवस्थाले गर्दा सो क्षेत्र विकसीत बन्दै गइरहेका छ । केही हदसम्म स्वास्थ्य सेवा स्थानीय बासी समक्ष पुर्यायनको लागि प्रत्येक वडाहरुमा स्वास्थ्य चौकीको निर्माण, अस्पताल र वडामा वर्थिङ सेन्टरको व्यवस्था गर्ने काम भइरहेका छन् । अध्याँरो अवस्थालाई मुक्त पार्नको लागि विद्युत पुर्याउने काम पनि भइरहेको अध्यक्ष खड्काले बताउनु भयो । उहाँका अनुसार प्रशासकिय भवनको निर्माण काम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकामा रहेर यी सम्पुर्ण कामहरु भइरहदाँ स्थानीयहरुले निकै साथ दिएको खोटाङ जिल्ला साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन कुमार खड्काले बताउनु भयो ।
उहाँका अनुसार बाँकी रहेका कामहरुलाई पुरा गर्नको लागि निरन्तर अघि बढिरहेको उहाँको भनाइ रहेका छ ।

प्रतिक्रिया दिनुहोस्