तामाकोसी । दोलखाको तामाकोसी गाउँपालिका वडा नं. ५, सहरे स्थित श्री जनजागृति माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सव तथा अभिभावक भेला फागुन ४ गते सम्पन्न भएको छ । यस अवसरमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाका जनप्रतिनिधि, पालिकाका कर्मचारीसहित अभिभावक तथा सरोकारवालाहरू पनि उपस्थित थिए ।

विद्यालयले यस अवसरमा शैक्षिक सामग्रीहरूको प्रदर्शनी तथा विभिन्न प्रकारका सम्मान तथा सहयोग वितरण पनि गरेको छ । स्थानीय अम्बिकादेवी खत्रीले यस अगाडि स्थापित प्रेम बहादुर खत्री अक्षयकोष मार्फत विद्यार्थीहरूलाई विविध शैक्षिक सामग्रीहरू प्रदान गर्नुभएको थियो भने उहाँकै छोरा शम्भुराज खत्रीले पनि फयलथुम्का निवासी स्व. शिव बहादुर रोकाहाका कक्षा ६ मा अध्ययनरत छोरा ईशान रोकाहाको कक्षा १२ सम्मको अध्ययनमा लाग्ने सम्पूर्ण रकम व्यहोर्ने प्रतिवद्धता अनुसार यो वर्ष शैक्षिक सामग्री र पोशाकमा लाग्ने ६ हजार रकम प्रदान गर्नुभएको थियो ।

यस्तै, मन्जिला सुवेदीले पनि करिव १ लाख ५० हजार रकमबाट १५० जना विद्यार्थीहरूलाई ट्रयाक सुट सेट र खाजाको प्रबन्ध गर्नुभएको थियो । यस अवसरमा विद्यालयले अन्य विविध सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू पनि आयोजना गरेको थियो ।






प्रतिक्रिया दिनुहोस्