‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा बोकेको स्थानिय सरकार गठन भएको साढे तीन वर्ष बित्न लागेको छ । जनताको विश्वास अनि भरोसा जितेका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट कार्य गर्दै आएका छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरेकामा स्थानीय खुसी छन् । स्थानीय तहबाट निर्वाचित जन प्रतिनिधिहरु आएसँगै गाउँमा विकासको लहर नै छाएको स्थानीयहरुको भनाई छ ।
आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनतामा नै छोडेको गाउँपालिका अध्यक्ष कमल गड्शिला बताउनुहुन्छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, सामुदायिक भवन, सरकारी भवन, खानेपानीलगायत क्षेत्रमा काम गर्दै आएको छ । अध्यक्ष गट्सिलाका अनुसार गाउँपालिकाले कृषि र पशुपालनलाई मुख्य जोड दिएर काम गरिरहेको छ । १०० रोपनिमा खेति गर्नेलाई गाउँपालिकाले एक हल गोरु किनिदिने र २०० वटा बाख्रा पाल्नेलाई अनुदान र अरु प्रोत्सान दिने गरेको छ ।
गाउँपालिकाको केन्द्रबाट सबै वडामाहरुमा सडक संजाल बिस्तार गर्ने योजना बनाएको गाउँपालिकाले ति सडकहरुलाई बाह्रै महिना गाडि चल्न सक्ने गरि बिस्तार गरिहेको छ । प्राविधिक शिक्षामा जोड दिएको गाउँपालिकाले बिभिन्न बिषयहरुमा अध्यन गर्न पाईने ब्यवस्था गरेको छ । १५ वटा सामुदायीक बिद्यालयमा नयाँ भवन निर्माण गरिएको छ । सम्पुर्ण वडाहरुमा बिद्युतिकरण भईसकेको छ ।
विश्वभर फैलिएको कोरोना महामारीको असर बोगटान फुड्सिल गाउँपालिकामा पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपापालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि बोगटान फुड्सिल गाउँपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ । आगामी दिनमा गाउँपालिकावासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै गाउँपालिकाको सम्पुर्ण विकास निर्माणका कामहरु अगाडि बढाउने गाउँपालिका अध्यक्ष गड्शिलाको योजना छ ।


प्रतिक्रिया दिनुहोस्