बाबुराम ओली
माघ २२, इलाम ।
माईजोगमाई गाउँपालिकामा सबै क्षेत्रमा विकास निर्माणका कामहरु तिव्र गतिमा अघि बढिरहेका छन् ।
स्थानीय सरकारको आगमन हुँनु पहिले धेरै क्षेत्रहरुमा विकासको अवस्था कम मात्र भएकाले गाउँपालिकामा थुप्रै समस्या देखा पर्ने गर्देथेँ तर स्थानीय सरकारको आगमन पश्चात विकास निर्माणका कामहरुलाई सहि ढंगले सदुपयोग भएका कारण स्थानीयहरुमा सहजता पैदाँ हुदै गएको र गाउँपालिकामा पनि विकास हुदैं गइरहेको इलाम जिल्ला माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतवहादुर राईले बताउनु भयो ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, विद्युत लगायतका क्षेत्रहरुलाई पहिलो प्राथमिकता राखेर काम गर्दै आइरहेको छ । शिक्षा क्षेत्रमा स्थानीय सरकार आउनु भन्दा पहिले विद्यालयको अवस्था जिण, व्यवस्थित शिक्षकको अभाव, जतात्तै विद्यालयमा इन्टरनेटको अभा जस्ता थुपै्र समस्याहरु थिए तर स्थानीय सरकार आएपछि शिक्षामा गुणस्तरता ल्याउनको लागि विद्यालय भवनको निर्माण, पाठयसामाग्रीको उपलब्ध, नमुना विद्यालयको निर्माण र विषयगत शिक्षकहरुलाई तालिमको व्यवस्था भएसँगै शिक्षा क्षेत्रमा राम्रो सुधार आएको छ । सो क्षेत्रको विद्यालयमा सफा खानेपानीको व्यवस्था पनि रहेको छ भने प्राविधिक किक्षाको सञ्चालन पनि भइरहेको छ । सम्पूर्ण वडा बासिहरुलाई उज्यालोमा राख्नको लागि विद्युतको निर्माणको कामले पनि तिव्रता पाइरहेको छ । जनस्तरमा स्वास्थ्य सेवा पुर्याउनको लागि स्वास्थ्य चौकीको र १५ सैयाको हस्पिटल निर्माण भइरहेका छन् । साथै स्थानियमा अझै थप सेवासुविद्याको लागि एम्बुलेन्स र ल्यावको व्यवस्था पनि रहेको छ जस्ले गर्दा बिरामीलाई बोकेर हस्पिटल जानुपर्ने अबस्थाको अनत्य भयरहेको देख्न सकिन्छ । सम्पूर्ण वडाहरुमा स्वास्थ्य चौकीको निर्माण, वर्थिङ सेन्टरको व्यवस्था र कोभिड अस्पताल निर्माण भइरहेका छन् जस्ले गर्दा स्थानीयहरुमा सहजता पैदा भएको गाएँपालिका अध्यक्ष राईले बताउनु भयो । सडकहरु बाह्रै महिना चल्ने गरि सदरमुकाम देखि वडाहरुसम्म जोडने र कालो पत्रे गर्न योजाना बनाइ काममा निरन्तरता दिएको गाउँपालिकाका अध्यक्ष राईले बताउनु भयो । सो क्षेत्रमा गाउँपालिका भवन र वडा भवन निर्माण कामले पनि तिव्रता पाएको छ । कृषिमा आधुनिकिकरण ल्याउनको लागि विउ, मल, बिरुवा, हातेटयाक्टर, र भौगोलिक अवस्था हेरेर पकेट क्षेत्र बनाएर अघि बढिरहँदा किसानहरु निकै उत्साहित भएका छन् । माईजोगमाई गाउँपालिकामा पर्यटनले निकै सम्भावना बोकेको क्षेत्र भएका कारण सो क्षेत्रमा सडक, मठमन्दिर, भर्याङ, पाटिपौवा, रेलिङ लगायतका थुप्रै कामहरु निर्माण भइरहेको छन् ।
यी सम्पूर्ण कामहरु भइरहँदा कोभिडले असर गरेकाले सोचे जस्तो विकासका काम गर्ने नसकेता पनि ति बाँकी रहेका कामहरु पुरा गर्नेको लागि निरन्तरता दिएको राईको भनाइ रहेको छ ।
गाउँपालिकामा सम्पूर्ण कामहरु गर्दै जाँदा स्थानियबाट अविश्मरणीय साथ पाएको र बाँकी रहेका कामहरुलाई निर्माण गर्ने योजना बनाएको इलाम जिल्ला माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतवहादुर राईले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्