सर्मिला खड्का कार्की
काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघ नेपालको केन्द्रीय समितिले आज एउटा प्रेस विज्ञप्ति प्रकाशित गर्दै विपत्तिको यस घडिमा राष्ट्रिय शोकको घोषणा गर्दै मृत्यु भएका यातायात श्रमिक तथा आम नागरिकहरूलाई उचित क्षतिपूर्ति प्रदान गरि बेपत्ता नागरिकहरूको तत्काल खोजी तथा उद्धार प्रभावकारी तवरबाट गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । संघका केन्द्रीय अध्यक्ष दीपक केसीद्धारा जारी विज्ञप्तिमा अविरल वर्षा, बाढी र पहिरोबाट मजदुर र यात्रुहरूले ज्यान गुमाएको तथा धेरै जना घाइते भएकोले तत्कालै सरकारले उचित कदम चाल्नु पर्ने भनिएको छ । अहिले पनि बाटो घाटो असुरक्षित रहेको र सयौं सबारीसाधन तथा मजदुरहरू फसिरहेकाले यथाशक्य छिटो उद्धार गरेर क्षतिको आवश्यक मूल्याङ्कन गर्दै क्षतिपूर्ति घोषणा गर्न संघले सरकारलाई भनेको छ ।
संघका वरिष्ठ उपाध्यक्ष सुन्दर केसीले सरकारले राहत र क्षतिपूर्तिको तत्काल व्यवस्था गरेर क्षतिग्रस्त सडकहरू मर्मत गरेमा चाडबाडमा यात्रुहरूलाई घर आवतजावत गर्न सहज हुने अन्यथा सास्ती ब्यहोर्नु पर्ने भएकाले समयमै संघले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउने कार्य गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्