बाबुराम ओली
मँसिर २७, सल्यान ।
सल्यान जिललाको कालिमाटी गाउँपालिकामा चौतर्फी रुपमा विकासका कामहरु तिव्र रुपमा अघि बढिरहेका छन् ।
गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, सिचाई लगायतका क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कामहरु भइरहेका छन् । शैक्षिक उन्नतिका लागि भवनहरुको निर्माण, बाल शिक्षाको लागि सामाग्रीको व्यवस्थापन, विषयगत शिक्षकको व्यवस्था, प्राविधिक शिक्षाको उपलब्धता र पाठयसामाग्रीको उपलब्ध लगायतका कामहरु भइरहदा अध्ययन अध्यापनमा सजिलो र शिक्षामा सकरात्मक परिवर्तन भएको सल्यान जिललाको कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर के।सीले बताउनु भयो ।
गाउँपालिकामा रहेक प्रत्येक वडाहरुमा सडक पुर्याउने काम भइरहेको र सडकको व्यवस्थित ढङगले पिचको काम पनि अगाडि बढिरहेको छ ।
कृषि क्षेत्रमा आबद्ध किसानहरुलाई आयआर्जनमा सहजता लयाउनको निम्ती उन्नत जातका विउ, मल, टनेल र अनुदानको व्यवस्था भएसँगै किसानहरुमा खुसियालि छाएको गाउँपालिका अध्यक्ष जी.सीले बताउनु भयो । सो क्षेत्रमा किसानहरुको सहजिकीकरणको लागि कृषि औजारहरुको पनि उपलब्ध भएसँग स्थानीयहरु उत्साहित भएका छन् । जोखिम पूर्ण विद्युत क्षेत्रलाई जोखिम मुक्त बनाउनको लागि काठे पोल हटाएर फलामे पोल राख्ने क्रम अघि बढिरहेको छ । सम्पूर्ण जनताहरुमा खानेपानी पुर्यानको निम्ती १ घर १ धारा अभियान सञ्चालनका लागि थुप्रै कामहरु भइरहेका छन् । साथै प्रशासकिय भवन र वडा भवनको निर्माण पनि भइरहेको छ ।
स्थानिय सरकार आएदेखी गाउँपालिकाका स्थानिय जनताहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि वर्थिङ सेन्टरको व्यवस्था , १५ सैयाको अस्पतालको निर्माण, थप ६ वटा स्वास्थ्य एकाइक र ठुला वडाहरुमा २ वटा स्वास्थ्य एकाइ निर्माण भएसँगै केहि उपचारको लागि स्थानीय टाढाटाढा धाउनु पर्ने अवस्था हराउँदै गइरहेको छ । तसर्थ सो क्षेत्रमा विकास निर्माणका कामहरु तिव्र रुपमा भइरहँदा यस गाउँपालिका विकसित गाउँपालिका बन्नको लागि धेरै समय नलागने देखिन्छ ।
गाउँपालिकामा विकासकका कामहरु गर्दा स्थानियबाट निकै सहयोग पाएको र बाँकी रहेका काम निर्माण गर्ने योजना बनाइ रहेको गाउँपालिका अध्यक्ष जी.सी.ले बताउनु भयो ।
चौतर्फी विकास तर्फ कालिमाटी गाउँपालिका

प्रतिक्रिया दिनुहोस्