दोलखाका विज्ञान काफ्ले प्रहरीको गोली लागेर गम्भिर अवस्थामा ,सोमबार जापान जाने योजना अधुरो

दोलखाका विज्ञान काफ्ले प्रहरीको गोली लागेर गम्भिर अवस्थामा ,सोमबार जापान जाने योजना अधुरो

चरिकोट ।। दोलखाका विज्ञान काफ्ले जेन जी आन्दोलनको भीडमा फसेर प्रहरीको गोली लागेर गम्भीर घाइते भएका छन्। सोमबार बिहान जापान जाने तयारीका क्रममा बानेश्वरस्थित कन्सल्टेन्सीबाट फर्किंदै गर्दा प्रदर्शनमा फसेका उनी फोक्सोमा चोटपटकसहित त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचाररत छन्। उनको शरीरमा पछाडि भागबाट गोली लागेको थियो र अहिले उपचार पश्चात स्थिर भए पनि अवस्था गम्भीर रहेको छ। उनले जापान जाने लागि खर्च जुटाउन पार्ट-टाइम काम गर्थे र उनका परिवारमा आमाबुबा र दुई दाजु छन्।

प्रहरीले सामाजिक सञ्जाल र भ्रष्टाचारविरुद्ध भएको जेन जी आन्दोलनलाई नियन्त्रण गर्न गोली प्रहार गरेको खबरसँगै गाउँघरमा पनि यो घटना चर्चा भइरहेको छ। दोलखा लगायत अन्य ठाउँमा यस घटनाले युवा पुस्तामा प्रहरीको दमन र स्वतन्त्र आवाजमाथि रोकथामको विषयमा गम्भीर सोच्न बाध्य पारेको छ।

यस घटनाले जापान जाने सपना अधुरो रह्यो र दोलखवासीहरूका लागि भविष्य र आफ्नो अधिकारको लडाइँमा सचेत हुने सन्देश पनि दिएको छ। यो घटनाले नेपालभर भइरहेको जेन जी आन्दोलन र त्यहाँ प्रहरी बलको दमनको गहिरो असर देखाउँछ।

प्रतिक्रिया दिनुहोस्