कविता पोखरेलर/ रतन वि.क
मंसिर २८, वेलौरी नगरपालिका ।
कञ्चनपुर जिल्लाको वेलौरी नगरपालिकामा १५ शैयाको सुविधा सम्पन्न अस्पताल बनेको छ । नगरमा अस्पताल बनेसँगै सामान्य रुघा खोकी लाग्दा पनि नागरिकले टाढा–टाढा धाउनु पर्ने बाध्यता हटेको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरमा ७ वटा स्वास्थ्य चौकीको निर्माण कार्य भइरहेको छ । ४ वटा वडा कार्यालयको भवनपनि म्एच् कार्य सम्पन्न भई निर्माण भइरहेको छ ।
नगरपालिकाले बेरोजगारीहरुलाई युवाहरुलाई आफ्नै गाउँमा च्याऊ खेती गर्ने लगायतको सिपमुलक रोजगारी व्यवस्था पनि गदै आएको छ । रोजगारीका लागि आफ्नो देश छोडेर विदेश जानेको संख्या बढिरहेको हुँदा त्यसलाई रोक्नका गाउँमै स्वरोजगारी वनाउने प्रयासमा नगरपालिका रहेको छ ।
नगरमा दिङरोडको ग्रावेल कार्य पनि निरन्तर भइरहेको छ । सेवातालको निर्माण कार्य सुरु भएको छ, र यस्लाई पर्यटक क्षेत्र बनाउने योजना पनि अगाडि सारेको नगर प्रमुख चौधरलिे बताउनुभयो । स्था
नीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु लगायत कर्मचारी र स्थानीयवासीको सक्रियताका कारणकञ्चनपुर जिल्लाको वेलौरी नगरपालिका बिस्तारै विकास र समृद्धिको बाटो तर्फ अगाडी बढिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्