बाग्लुङ जिल्लाको एउटा बिकट क्षेत्र मानिने बरेङ गाँउपालिकामा जन्मिएकी गायिका शर्मिला बिसीले अहिले उदयीमान गायिकाको रुपमा परिचय बनाएकी छिन । बि.स. २०७१ सालमा जे गरेनी फिरी…. बोलको गित लिएर दर्शकमाझ आएकी शर्मिलाले हाल सम्म ३० वटा गित रेकड गराई सकेकी छन । रेकर्ड भएका मध्ये अहिले सम्म २ दर्जन गितहरु बजारमा आई सकेको छन । भाग्यमानी तिमी हौ सानु…, फेशबुकको माया… लगायतका गितहरु अहिले युटुवमा हेर्न सकिन्छ ।
शर्मीलाले तिजका २ बटा गित पनि बजारमा ल्याइसकेकी छिन । यसका साथै उनि बिशेष गरी दोहोरीमा पनि सक्रिय छिन । उनले चर्चित लोकदोहोरी गायक राजु परियार सँग पनि दोहोरी गाएकी छिन । युटुवमा उनका दोहारी गितहरुलाई खोज्नेहरुको संख्या दिनानु दिन बढिरहेको पाईन्छ ।
सानै देखि गित गाउने तिब्र रुचि, तर खुलेर गाउन नपाउने त्यो परिस्थिती, २६ औ बसन्त पार गर्दै गर्दा पनि उनका आखामा ताजै छन । स्थानीय भाकामा टुक्का मिलाइ मिलाई दोहोरी गाउन खप्पिस शर्मिला संगित क्षेत्रमा सानै देखि मेहनती थिईन । उनको साँगितिक बाल्यकाल त्यति सुखद रहेन । गाउँमा हुने गाउँमा हुने मेलापर्व, पुजाआजा तथा रमाइला कार्यक्रममा उनी लुकिलुकि गित गाउने गर्थिन । कारण थियो पढाइ बिग्रन्छ, भविष्य बिग्रन्छ भन्ने चिन्ता ।
यिनै चुनौतिहरुको बाबजुत पनि उनको जिवन सांगितिक क्षेत्र तर्फ आकर्षित भईरह्यो । उनलाई पनि सायदै लागेको थियो होला कुनै दिन उनि दोहोरी गितको क्षेत्रमा चर्चित कलाकार बनेर उदाउनेछु भनेर । बाग्लुङको बिकट ठाउँमा जन्मेर पनि अहिले स्टेज कार्यक्रममा ओझपुर्ण प्रस्तुति दिन सफल भएकी छिन उनै शर्मिला ।
सुरुमा रहरै रहरको उनको गायन कला विस्तारै ब्यवसाय नै बन्न पुगेको छ । उनी अहिले काठमाडौलाई कर्मथलो बनाएर देश विदेशमा गित गाउन हिड्छिन । विशेष गरि दोहोरी गितमा अत्यन्तै मार्मिक शब्दमा दाहोरी प्रहार गर्ने उनको कलालाई दर्शकहरु औधि मन रुचाउछन ।
गित संगितमा लागेकाहरुलाई सामाजमा हेर्ने दृष्टिकोण सबै सकरात्मक नहुने भएकाले उनी आवश्यकताका आधारमा मात्रै आफ्नो पेशाको परिचय दिने गर्दछिन ।
आफु कलाकार भएको भनिरहदा दोहोरीमा गएर गित गाउँछु भन्ने बिषयचाहि उनी जो पायो त्यहि सँग खुलाउदिनन् । यसको एउटै कारण हो हाम्रो समाजले अहिले पनि दोहोरीमा काम गर्नेहरुलाई सकरात्मक दृष्टिकोणबाट हेर्ने हिम्मत गरिसकेको छैन । दोहोरीमा गाउने परिचय दिए पनि नदिए पनि शर्मीलाको सुमधुर स्वर र स्टेजहरुमा उनको दमदार प्रस्तुतीलाई नियाल्दा राष्टिय कलाकार भन्दा उनको क्षमता कुनै अर्थमा पनि कम छैन ।
उनको सुमधुर स्वर र मनुछुने गितहरुले गर्दा नै उनलाई दर्शकहरुले मन पराउन थालेका छन । गायन क्षेत्रमा रहेको अवसर र चुनौतीकाबीच शर्मिलाले आफूलाई एक राम्रो गायीकाको रूपमा दर्शकमाझ उभ्याउन सफल भएकी छन् । पछिल्लो समय विभिन्न जिल्लामा आयोजना हुने महोत्सव र सार्वजनिक कार्यक्रममा समेत दर्शकको रोजाईमा पर्न थालेकी छिन शर्मिला । केहि महिनादेखी शर्मिलालाई स्टेज कार्यक्रममा जानका लागि निकै प्रस्ताव आउने गरेको छ भने सबै ठाऊँमा जान समेत नपाउने अवस्थामा उनी पुगिसकेकी छन् ।

उनी केही महिना अगाडि चाइनामा सम्पन्न फलावर महोत्सवमा नेपालको तर्फबाट सहभागी भएर फर्किइन । नेपालको तर्फबाट आफ्नो कला प्रस्तुत गर्दै उनले करिव एक महिना चाइना विताइन । राष्ट्रिय लोकदाहोरी प्रतिष्ठान सग पनि आबद्ध रहेकि शर्मिला सामाजिक सेवाका कार्यमा पनि उत्तिकै क्रियाशिल छिन । गायन क्षेत्रमा रहेको अवसर र चुनौतीकाबीच शर्मिलाले आफूलाई एक राम्रो गायिकाको रूपमा दर्शकमाझ उभ्याउन सफल भएकी छन् ।
बहुमुखी प्रतिभाको धनि गायिका शर्मिला अभिनयको क्षेत्रमा पनी सक्रिय छिन । उनले अभिनय गरेकी डुकुमेन्टी चलचित्रहरु सप्तरंगी संसारको युटुयुब च्यानल मार्फत हेर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्