‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा बोकेको स्थानिय सरकार गठन भएको साढे तीन वर्ष बित्न लागेको छ । जनताको विश्वास अनि भरोसा जितेका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट कार्य गर्दै आएका छन् । नवलपरासीको सुनवल नगरपालिकामा स्थानीय तहबाट निर्वाचित जन प्रतिनिधिहरु आएसँगै नगरमा विकासको लहर नै छाएको स्थानीयहरुको भनाई छ ।
नगरपालिकाले जेष्ठ नागरिकहरुलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ । नगरपालिकाको केन्द्र सम्म सबै वडालाई जोड्न १४ वठा सडकको ट्रयाक खोल्ने काम भएको नगरपालिकाका उपमेयर बिर्मला देवि बुड्थापाले बताउनुभयो । आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनतामा नै छोडेको उपप्रमुख बुड्थापा बताउनुहुन्छ । नगरपालिकाले ३६ लाखको लागतमा बृहत खानेपानि आयोजनाको निर्माण कार्य अघि बढाएको छ । नगरका सम्पुर्ण नागरिकलाई खानेपानिको सहज पहँच पुर्याउन १ घर १ घाराको योजना अघि सारिएको छ । सम्पुर्ण वडाहरुमा बिद्युतिकरण गरि उज्योलो साँफेबगर नगर बनाउने योजना रहेको उपमेयर बुड्थापाले बताउनुभयो ।
उहाँका अनुसार नगरभित्र बिकृतिजन्य रुपमा रहेको पाटिपौवा, बालबिवाहm छाउपडि प्रथा निर्मुल पारिएको छ । नगरपालिकाका युवाहरुलाई कृषिमा स्वरोजगार बनाउन कृषि तथा पशुस्वास्थ्य तालिम संचालन गरिएको छ । युवाहरुलाई सैद्धान्तिक तथा प्रयोगत्मक रुपमा तालिम प्रदान गरि कृषिमै आयआर्जन गर्न प्रोत्साहन गरिने तालिम संचालन गरिएको हो । नगर उपप्रमुख बुड्थापाले तालिममले नगरभित्र हुने कृषि उपजको बजार व्यवस्थापन गर्न, विउबिजन, मलखादमा अनुदान र प्राविधिक सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो । नगरपालिकाले कृषिमा आत्मनिर्भर हुन किसानलाई धान, गहँु लगायतको बिउ बितरण गर्दै आएको छ । महिला तथा युवाहरुलाई नगरस्तामै स्वरोजगार बनाउन कम्युटर तालिम, सिलाई कटाई, ईलेक्ट्रोनिक तालिम लगायतको कार्यक्रमहरु पनि नगरपालिकाले संचालन गरिरहेको छ । गुणस्तरिय र प्राविधिक शिक्षामा जोड दिएको नगरपालिकाले आफ्नै पहलमा बिद्यालय मवनहरुको निर्माण कार्य पनि अघि बढाएको छ । स्वास्थ्य क्षेत्रमा बिभिन्न वडाका स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्ने काम पनि भइरहेको छ ।
विश्वभर फैलिएको कोरोना महामारीको असर साँफेबगर नगरपालिकामा पनि पर्यो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न नगरपालिका लागि परिहेको छ । कोरोना माहामारिमा नगरपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने नगरपालिकाको योजना छ ।


प्रतिक्रिया दिनुहोस्