” हामी दिप्रुङ चुइचुम्माली, ल्याउछौ समृद्धि अनि खुशीयाली”
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा चौतर्फी रुपमा परिवर्तन हुुँदै आइरहेको छ ।
स्थानीय सरकारको आगमन सँगै स्थानीय तहहरुमा विकासको गतिले फडको मारीरहेको छ । त्यस्ता थुप्रै विकासमा फडको मार्ने स्थानीय तहहरु मध्ये खोटाङ जिल्लाको दिपु्रङ चुइचुम्मा गाउँपालिका रहेको छ । जन्प्रतिनिधि रुपमा आफुहरु आएपश्चात थुप्रै विकासका कामहरु भइरहेको तर कोभिडको कारणले गर्दा सोचेजस्तो विकासका काम गर्ने नसकेको खोटाङ जिल्ला दिपु्रङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले बताउनु भयो ।
गाउँपालिकामा शिक्षा,स्वास्थ्य खानेपानी,सडक र पर्यटन जस्ता अति आवश्यक विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ ।भौतिक पुर्वधारका कच्चि सडकलाई मर्मत गर्ने काम भइरहेको छ । सो क्षेत्रका प्रत्येक वडाहरुमा सडक पुर्याउने र खोलाहरुमा पुल बनाउने कामहरु पनि भइरहेको छ । जस्ले गर्दा लामो दुरीको पैदल यात्रा मुक्त हुँदै गइरहेको अध्यक्ष राईले बताउनु भयो । स्थानीय बासीहरुमा शुद्ध खानेपानी पुर्याउनको लागि १ घर १ धारा अभियान चलिरहेको छ । यी सम्पूर्ण कामहरु भइरहँदा केही घरहरुमा खानेपानीको समस्या मुक्त हुन सकेको छैन अवकोे केही समयमा तीे घरहरुमा शुद्ध खानेपानी पुर्याउनको लागि निरनतर काम सुरु भइरहेको अध्यक्ष राईको भनाइ रहको छ ।
शिक्षामा गुणस्तरता ल्याउनको लागि थुप्रै प्रयासका कामहरु भइरहेका छन् ।
शिक्षामा आमुल परिवर्तनको लागि विद्याल्यहरको निर्माण, विषयगत शिक्षकको व्यवस्था, प्रयाप्त मात्रामा पाठय्पुस्तकको उपलब्धता लगायतका थुप्रै व्यवस्थाले गर्दा सो क्षेत्र विकसीत बन्दै गइरहेका देख्न सकिन्छ । केही हदसम्म स्वास्थ्य सेवा स्थानीय बासी समक्ष पुर्यायनको लागि प्रत्येक वडाहरुमा स्वास्थ्य चौकीको निर्माण, अस्पताल र प्रत्येक वडामा वर्थिङ सेन्टरको निर्माण काम भइरहेका छन् । कृषिलाई निर्वाह मुखि मात्र नभइ व्यवसायी मुलक ढंगले अगाडि बढाउनको लागि कृर्षकहरुलाई तालिमको व्यवस्था, अनुदान लगायतका थुप्रै कामहरु भइरहेका छन् । अध्याँरो अवस्थालाई मुक्त पार्नको लागि विद्युत पुर्याउने काम पनि भइरहेको अध्यक्ष राईको भनाइ रहेको छ ।
गाउँपालिकामा रहेर यी सम्पुर्ण कामहरु भइरहदाँ स्थानीयहरुले नीकै साथ दिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताउनु भयो ।
कोभिडले गर्दा सोचेजस्तो विकासका कामहरु नभएतापनी बाँकी रहेका कामहरुलाई पुरा गर्नको लागि निरन्तर अघि बढिरहेको उहाँको भनाइ रहेका छ ।
” हामी दिप्रुङ चुइचुम्माली, ल्याउछौ समृद्धि अनि खुशीयाली”
प्रतिक्रिया दिनुहोस्