बाबुराम ओली
माघ १८, तेह्रथुम ।
स्थानीय सरकारको आगनसँगै तेह्रथुम जिललाको मेन्छयायेम गाउँपालिकामा विकासको गति तिव्र रुपमा अघि बढिरहेको छ ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी,सडक, कृषि लगायतका विषयहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आइरहेको तेह्रथुम जिल्ला मेन्छयायेम गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङ्गले बताउनु भयो ।
शिक्षाको गुणस्तरता ल्याउनको लागि घोषण पत्र अनुसार डिजिटल माध्यमबाट पठनपाठन सुरु भइरहेको छ । यति मात्र होइन्, यहाँ विषयगत शिक्षकको व्यवस्था, आवश्यक मात्रामा शैक्षिक सामाग्रीको उपलब्धता र वियालय जिण अवस्थामा रहेकालाई पुन निर्माण गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष खापुङ्गले बताउनु भयो । स्वास्थ्य सेवा सम्पुर्ण क्षेत्रमा पुर्यानको लागि स्वास्थ्य चौकीहरुको निमार्ण, फार्मेसी, ल्याबको व्यवस्था र वर्थिङ सेन्टरको व्यवस्था रहेको छ भने १५ सैयाको अस्पताल सञ्चालनको लागि काम भइरहेको छ । पानिको १ घर १ धारा पहिले देखिनै राम्रो भएकोले अझ त्यस्लाई व्यवस्थित ढंगले अगाडि बढाएको गाउँपालिका अध्यक्ष खापुङ्गले बताउनु भयो । कृषि क्षेत्रलाई आधुनीक बनाउन र आर्थिक स्थतिमा परिवर्तन ल्याउनको लागि कृषि सम्बन्धी तालीम दिने, अनुदान उपलब्ध गराउने, बिउ र मलको व्यवस्था गराउने काम भइरहेको छ । जस्ले गर्दा कृर्षहरु उत्साहीत भएका छन् । विद्युत पहुँच सम्पूर्ण घरघरहरुमा पुर्याउने काम र काठको पोल मुक्त क्षेत्र भएको छ । पर्यटन प्रबन्द्धनको लागि ६ करोडको लगानीमा विभिन्न कामहर भइरहेका छन् ।
गाउँपालिकामा यी सम्पूर्ण विकासका कामहरु भइरहँदा अबको केही समयमा विकसीत गाउँपालिका बन्ने अनुमान लगाउन सकिन्छ ।
सो क्षेत्रमा कामहरु गरिहँदा स्थानीयबाट निकै साथ पाएको र अब आउँदा दिनमा बाँकीरहेका कामहरुको लागि निरन्तरता दिने तेह्रथुम गााउँपालिकाका अध्यक्ष खापुङ्गले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्