नेपालमा पनि खतराको सङकेत:थप २४ जनामा ओमिक्रोन पुष्टि

नेपालमा पनि खतराको सङकेत:थप २४ जनामा ओमिक्रोन पुष्टि

पुस २३,काठमाडौँ
नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार पुस महिनाभर संकलित जम्मा ११४६ पोजिटिभ नमुनाहरुको एस(जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु ९२२५० एस(जिन नेगेटिभ पत्ता लागेको छ ।एस(जिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा भेरिएन्ट पुष्टि भएको प्रवक्ता मिश्राले जानकारी दिएकी छिन् ।

मन्त्रालयले मंसिर २० गते नेपालमा पहिलोपटक ओमिक्रोन पुष्टि भएको जनाएको थियो । मंसिर २० गते एक जना विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन पुष्टि भएको थियो । त्यसपछि पुस ७ गते एक जनामा ओमिक्रोन पुष्टि भएको थियो । यो सँगै नेपालमा २७ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्