बाबुराम ओली
माघ २६, मोरङ ।
स्थानीय सरकारको आगमन पश्चात मोरङ जिल्लाका कानेपोखरी गाउँपालिकामा विकास निर्माणका कामहरुले तिव्रता पाएको छ ।
गाउँपालिकामा स्थनाीय सरकार आउनुभन्दा विकाम निर्माणका कामहरु भइरहँदा ती कामहरु व्यवस्थित ढंगले अगाडि बढन नसकेका कारण स्थानीय जनताहरुमा असहजता भइरहेको थियो तर स्थानीय सरकारको आमन पछि ती सम्पूर्ण कामहरु व्यवस्थित ढंगले अगाढि बढेको मोरङ जिल्ला कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको दावी रहेको छ ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, विद्युत लगायतका क्षेत्रहरुलाई पहिलो प्राथमिकता राखेर काम गर्दै आइरहेको छ । शिक्षा क्षेत्रमा गुणस्तरता ल्याउनको लागि विद्यालय भवनको निर्माण, पाठयसामाग्रीको उपलब्ध र विषयगत शिक्षकहरुलाई तालिमको व्यवस्था भएसँगै शिक्षा क्षेत्रमा राम्रो सुधार आएको छ । सो क्षेत्रको विद्यालयमा सफा खानेपननीको व्यवस्थिा पनि रहेको छ भने प्राविधिक कक्षा सञ्चालन पनि भइरहेका छन् । यति मात्रहोइन्, नेपाल सरकारले ७७/८८ देखि दिवा खाजाको व्यवस्था गरेतापनि सो गाउँपालिकाले ७४/७५ देखिनै प्रत्येक विद्यालयमा दिवा खाजाको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष काफ्लेले बताउनु भयो । सम्पूर्ण वडा बासिहरुलाई उज्यालोमा राख्नको लागि विद्युतको निर्माणको कामले पनि तिव्रता पाइरहेको छ । गाउँपालिकाले विद्युत व्यवस्थालाई सम्पूर्ण घरघरमा पुर्याउनको लागि वर्षिनी पोलहरुको र अन्य सामाग्रीको व्यवस्था गर्दै आइरहेको छ । जनस्तरमा स्वास्थ्य सेवा पुर्याउनको लागि स्वास्थ्य चौकीको र १५ सैयाको हस्पिटल निर्माण भइरहेका छन् । साथै स्थानियमा अझै थप सेवासुविद्याको लागि एम्बुलेन्स , वर्थिङ सेन्टर र ल्यावको व्यवस्था पनि रहेको छ जस्ले गर्दा बिरामीलाई बोकेर हस्पिटल जानुपर्ने अबस्थाको अनत्य भइरहेको देख्न सकिन्छ । पौष्टिक आहारको लागि प्रत्येक शुत्केरीलाई ५ हजारको दरले दिने व्यवस्था पनि रहेको छ जुन सेवा यस वर्ष ३० भन्दा बढि सुत्केरी महिलाहरुले प्राप्त गरिसकेको गाउँपिालिका अध्यक्ष काफ्लेले बताउनु भयो । सो क्षेत्रमा सडकहरु बाह्रै महिना चल्ने गरि सदरमुकाम देखि वडाहरुसम्म जोडने र प्रत्येक वडामा कालो पत्रे गर्न कामले निरन्तरता पाएको छ । गाउँपालिका भवन र वडा भवन निर्माण कामले पनि तिव्रता पाएको छ । कृषिमा आधुनिकिकरण ल्याउनको लागि विउ, मल, बिरुवा, हातेटयाक्टर, र भौगोलिक अवस्था हेरेर पकेट क्षेत्र बनाएर अघि बढिरहँदा किसानहरु निकै उत्साहित भइरहेका छन् भने गाउँपालिकाले कृषि र पशुपालनका लागि प्रत्येक वर्ष २ करोड ३७ लाख भन्दा बढि रकम खर्च गदैँ आइरहेको गाउँपालिका अध्यक्ष काफ्लेले बताउनु भयो । पत्येक घरघरमा खानेपानी पुर्याउनको लागि १ घर १ धाराको अभियानले निरन्तरता पाइरहेको छ । शुद्ध खानेपानि र प्रशस्त खानेपानि उपलब्धको लागि चार ओटा प्रोजेकट सञ्चालन हुन लागिरहेको छन् भने यस वर्ष २ ओटा सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष काफ्लेले बताउनु भयो । पर्यटनको आर्थिक विकासको लागि सडक,पार्क,रेलिङ,मठमन्दिरको निर्माण काम भइरहेका छन् ।
गाउँपालिकामा यी सम्पूर्ण कामहरु भइरहँदा कोभिडको कारणले असर गरेकाले सोचेजस्तो विकासका काम गर्ने नसकेता पनि ति बाँकी रहेका कामहरु पुरा गर्नेको लागि निरन्तरता दिएको काफ्लेको भनाइ रहेको छ ।
गाउँपालिकामा सम्पूर्ण कामहरु गर्दै जाँदा स्थानियबाट अविश्मरणीय साथ पाएको र बाँकी रहेका कामहरुलाई निर्माण गर्ने योजना बनाएको मोरङ जिल्ला कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्