जफे (दोलखा) । तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना खड्का सुवेदीले आफ्नो ५६ औँ जन्मदिनको अवसरमा गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत असहाय बालबालिकालाई आवश्यक शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गर्नुभएको छ। उपाध्यक्षले आफ्ना अभिभावक, जनप्रतिनिधिहरू, कर्मचारी तथा अन्य स्थानीयहरूको उपस्थितिमा गत मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उक्त सहयोग वितरण गर्नुभएको थियो।

लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहनु भएकी उपाध्यक्ष खड्का निर्वाचित भएयता गाउँपालिकाले गरिरहेका विकास निर्माण कार्यहरूको अनुगमन गर्दै, न्यायिक समितिमार्फत नागरिकहरूमा सदभावना र कानुनी परामर्श दिने काममा लगनशील रहँदै आउनु भएको छ । उहाँले सदैव विपन्न र आवाजविहीन वर्गलाई प्राथमिकता राखेको बताउँदै आगामी दिनहरूमा पनि समाजका लागि सक्ने सहयोग र योगदान निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सहयोग प्राप्त गर्ने बालबालिकाहरुको विवरण :
१. बिराज सुनुवार, कक्षा -६, नारायणी मावि, भिरकोट
२. -रामलाल तामाङ, कक्षा – ५, जनप्रभात मावि, झुले
३. उज्ज्वल महत, कक्षा ९ , सीतापाइला मावि., जफे
४. सीता मिजार, कक्षा- २, कालापानी मावि, जफे
५. सरिस्मा भुजेल, कक्षा – ४, गोल्मेश्वर मावि., मालु
६. आयुशा रोका, कक्षा – ४, जनजागृति मावि., शहरे
७. सेलिना रोका, कक्षा – ६, महेन्द्र मावि., च्यामा
८. आशिका भुजेल, कक्षा – ७, कालिका मावि, हाँवा
९. जीवन तामाङ, कक्षा – ७, छौँडे आवि, जफे
( तस्विर सौजन्य : इ.पवनराज फुयाल, जफे, दोलखा )


प्रतिक्रिया दिनुहोस्