विकास र समृद्धि तर्फ विगु गाउँपालिका

विकास र समृद्धि तर्फ विगु गाउँपालिका

 

बाबुराम ओली
मंसिर १८, दोलखा ।
दोलखा जिल्लाको विगु गाउँपालिका विकासका र समृद्धि तर्फ तिव्र गतिमा अगाडि बढिरहेको देख्न सकिन्छ ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायतका क्षेत्रहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । शैक्षिक सामाग्री, विषयगत शिक्षको व्यवस्था, छात्रवृत्तिको व्यस्था र नयाँ विद्यालय भवन निर्माण, बाल शिक्षाको व्यवस्था लगायतका कामहरु भएसँगै यस गाउँपालिकाको शैक्षिक क्षेत्रमा निकै सुधार आएको दोलखा जिल्लाका विगु गाउँपालिकाका अध्यक्ष युधिष्डिर खड्काको दावी रहेको छ । गाउँपालिकाले कृषिलाई मुख्य क्षेत्र बनाएर बिउ, मल, सिचाई प्रशस्त मात्रामा व्यवस्था साथै कृषिबाट उत्पादन भएका कृषिजन्य पर्दाथलाई बजार व्यबस्थापन गरेर कृषि उत्पादन वृद्धिका लागि गाउँपालिकाले पहल गरिरहेको छ । जस्ले गर्दा सम्पूर्ण किसानहरु आफैमा आत्म निर्भर हुने सम्भावना देख्न सकिन्छ ।
स्थानिय सरकार आउनु भन्दा पहिले दयनीय रहेको स्वास्थ्य क्षेत्र स्थानिय सरकारको आगमनसँगै स्वास्थ्य चौकीहरुको निर्माण , औषधीको उपलब्धता र नियमित अनुगमन जस्ता गतिविधिले गर्दा यस क्षेत्रमा सुधार आएको खड्काले बताउनु भयो । उहाँका अनुसार पर्यटन विकासको लागि मठमन्दिरको निर्माण कामहरु भइरहेका छन् । पर्यटकहरुको सुविधाको लागि तथा स्थानिय कला सस्कृति र परिकारहरु सञ्चालनमा पनि ल्याएको छ । सम्पूर्ण वडाहरुमा रोडहरुको पनि निमार्ण कार्य भइरहेको छ ।
गाउँपालिकामा सम्पूर्ण वडाहरुमा विद्युत पहुँच उपलब्ध भएसँगै काठेपुल मुक्त क्षेत्र पनि तर्फ लागि रहेको छ । लामो समय देखि विकास निर्माणमा पछाडि परेको यो क्षेत्र अहिले भने विकसित बन्दै गएको अध्यक्ष खडकाको भनाइ रहेको छ । सम्पूर्ण विकासका कामहरु भइरहँदा यहाँका स्थानियले खुसी व्यक्त गरेका छन् ।
विभिन्न समस्याहरु हुँदा हुँदै पनि विकासका कामहरु गरिरहँदा स्थानियबाट निकै साथ पाएको र बाँकी रहेका कामहरु निर्माण चरणमा रहेको गाउँपालिकाका अध्यक्ष खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्