बाबुराम ओली
मंसिर १९, रुकुम (पश्चिम) ।
स्थानिय सरकारको गठन भएको छोटो समयमा धेरै गाउँपालिकामा चौतर्फी रुपमा विकासको काम तिव्र गतिमा अगाडि बढिरहेको देख्न सकिन्छ । यस्तै विकास गर्ने गाउँपालिका मध्ये एउटा उदाहरण रुकुम (पश्चिम) जिल्लाको सानी भेरी गाउँपालिका पनि हो ।
यस गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, पुल, विद्युत, वडा भवन, विद्युत, लगायतका विकासका कामलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । गाउँपालिकामा शैक्षिक सामाग्री उपलब्ध, खेल मैदानको व्यवस्था र विषयगत शिक्षकको व्यवस्था भएसँगै बालाबलिकाहरुमा पठनपाठनमा निकै परिवर्तन आउको रुकुम (पश्चिम) जिल्लाको सानी भेरी गाउँपालिकाका अध्यक्ष नर बहादुर पुनले बताउनु भयो । सो क्षेत्रामा स्वास्थ्य चौकीको निमार्ण, वर्थिङसेन्टरको व्यवस्था र औषधी जस्ता थुपै स्वास्थ्य सामाग्रीको व्यवस्थाले गर्दा केही उपचारको लागि टाढाटाढा जानु पर्ने सास्ती हराउदै गएको अध्यक्ष पुनको भनाइ रहेको छ । कृषि तथा पशुविज्ञहसँग समन्य गरेर, कृषिमा विउ, मलको प्रशस्त मात्रामा उपलब्ध र कृषि सम्बनधी तालिम जस्ता विकासका कामहरु भइरहँदा यहाँका स्थानीयमा कृषी पेसा गदै जानेको लर्को लागिरहेको छ । सो क्षेत्रमा १ वडा १ सडक अभियान पनि निरनतर अघि बढि रहेको छ ।
गाउँपालिकामा पहिलो कार्यकालमा विभिन्न समस्याहरु हुदाँहुदै पनि विकास निर्माणका कामहरु र जनताको सुविधाका लागि काम गरेकोले आगामी निर्वाचनमा पाटि र जनताले साथ दिए बाँकी रहेका काम पुरा गर्ने अध्यक्ष पुनको भनाइ रहेको छ ।
चौतर्फी रुपमा विकासीत बन्दै सानी भेरी गाउँपालिका

प्रतिक्रिया दिनुहोस्