चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले उल्लेखनीय अग्रता कायम गरेकी छन्। हालसम्मको मतगणनाअनुसार उनी ९ हजारभन्दा बढी मतसहित प्रतिस्पर्धामा अगाडि देखिएकी छन्।
हालसम्म १९ हजार ४५ मत गणना हुँदा गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार रेणु दाहालले ५ हजार २५६ मत पाएकी छन्। यससँगै गौतमले करिब साढे चार हजार मतको अग्रता बनाएकी छन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार शङ्कर थपलियाले १ हजार ४६५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले १ हजार २२ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ३२३ मत प्राप्त गरेका छन्।
चितवन–३ मा मतगणना जारी रहेको छ। प्रारम्भिक चरणदेखि नै गौतमले अग्रता कायम राख्दै आएकी छन्। मतगणना अघि बढ्दै जाँदा प्रतिस्पर्धा थप स्पष्ट हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्