बाबुराम ओली
पुुष २, बाँके ।
स्थानिय सरकारको आगमन सँगै बाँके जिल्लाचको राप्ती सोनारी गाउँपालिका समृद्ध बन्ने योजनाका साथ तिव्र गतिमा अगाडि बढिरहेको छ । जनताको विश्वास अनि भरोसा जितेर आउनु भएका जनप्रतिनिधिहरु ‘समृद्ध नेपाल , सुखी नेपाली’ को लागि आ – आफनो क्षेत्रबाट आफै काम गर्दै जानु पर्छ भन्ने लक्ष्यका साथ अघि बढिरहेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लालुराम थारुले बताउनु भयो ।
यस गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानि, कृषि, पर्यटन, लगायतका विकासका कामहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै जाँदा सो क्षेत्रहरुमा आमुल परिवर्तन छाएको छ । गाउँपालिकामा रहेका बालवालिकामा शिक्षाको पहुँच सहज रुपमा पुरर्याउनको लागि थुप्रै विकास निर्माणका कामहरु भइरहेका छन् जहाँ पुराना विद्यालय भवनको निर्माण, खेल मैदानको व्यवस्थ , विभिन्न पाठयसामाग्रीको व्यवस्था, विषयगत शिक्षकको उपलब्ध र प्राविधिक कक्षा सञ्चालन लगायतका थुप्रै विकासका कामहरु भइरहँदा शिक्षा क्षेत्रमा गुणस्तरीयता आएको छ । अझ शिक्षालाई प्रभावकारी बनाउनको लागि अङग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन , छात्रबृद्धिको व्यवस्था र शिक्षकलाई तालिमको व्यवस्था भइ रहेको छ । स्थानीय सरकार आउनु भन्दा पहिले थुप्रै बाहानामा पठनपाठनको लागि शुल्क लिइ रहेको अवसथा थियो तर नयाँ सरकारको आगमन सँगै पठनपाठनको लागि शुल्क लाग्ने प्रवृती हटाएको गाउँपालिका अध्यक्ष थारुले बताउनु भयो ।
कृषिमा आधुनिकिकरण ल्याउन र कृर्षकहरुलाई आत्मनिर्भर बनापनको लागि अनुदानको व्यवस्था, उन्नत जातका मल, वीउको व्यवस्था, सिचाइको उपलब्धता, विभिन्न प्रजातिका फलफुल बोटहरुको वितरण भएसँगै कृर्षकहरु निकेै उत्साहित भएका छन् । स्थानियहरुलाई स्वरोजगार र कृषि क्षेत्रको उन्नतिका लागि ५० प्रतिशत अनुदानमा कृषि औजारहरुको वितरण भइरहेका छन् ।
गाउँपालिकामा रहेका स्थानिय जनताहरु उपचारको लागि टाढाटाढा जानुपर्ने समस्यालाई मुक्त पार्नेको लागि स्वास्थ्य चौकीको निर्माण, आवश्यक मात्रामा औषधीको उपलब्ध, थप स्वास्थ्य एकाइको निमार्ण, १५ सैयाको अस्पताल र सम्पुर्ण वडाहरुमा एम्बुलेन्सको व्यवस्था लगायतका कामहरु भइरहेका छन् जसले गर्दा सो क्षेत्रका जन्ताहरुले राम्रो सुविधा पाएको अध्यक्ष थारुले बतााउनु भयो । पर्यटनको आर्थिक, सामाजिक रुपमा विकास ल्याउनको निम्ति यहाँ रहेका मन्दिर, गुफा, पिकनिक स्पोट, लगाय सम्पूर्ण पर्यटकिय स्थलको निर्माण र यी क्षेत्रको लागि सडक, रेलिङ र होमस्टे निर्माण काम भइरहेका छन् ।
स्थानिय सरकार आउनुभन्दा पहिले सडकको अवस्था कम्जोर थियो भने स्थानिय सरकारको आगमन सँगै सडक निर्माण र पिजको काम तिव्र गतिमा सुरुभए देखि बाह्रै महिना गाडिहरु चलन थालेका छन् । विद्युतिय समस्यालाई मुक्त पार्नको लागि काठेपोल हटाएर फलामे पोल राखिएको छ । लामो समय सम्म लाइन बसेर खाने पानिको आवश्यकतालाई पुरा गर्दा अनेक समस्या भोग्नु पर्न हुँदा ती समस्यालाई मुक्त पार्नको लागि १ घर १ धारा अभियान सञ्चालनमा आएको छ ।
गाउँपालिकामा सम्पूर्ण कामहरु भइरहँदा विगतको तुलनामा भन्दा विकास निर्माणको कामले तिव्रता पाएको गाउँपालिका अध्यक्ष थारुको भनाइ रहेको छ । उहाँका अनुसार जनताको साथ , सहयोगले आफनै कार्यकालमा गाउँपालिका विकसित बन्ने विश्वास रहेको व्यक्त गर्नु भयो । यि सम्पूर्ण कामहरु गर्दा जनताबाट सहयोग निकै पाएको र बाँकी रहेका कामहरु निर्माण गर्न योजना बनाएको उहाँको भनाइ रहेको छ ।
जिल्लाकै समृद्ध बन्दै राप्ती सोनारी गाउँपालिका

प्रतिक्रिया दिनुहोस्