१२ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनको लागि मौन अवधि सुरु

१२ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनको लागि मौन अवधि सुरु

बाबुराम ओली

माघ, काठमाडौं ।

१२ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ ।

निर्वाचन आयोगले गयराति १२ बजेबाट मौन अवधि सुरु भएको बताएको छ । राष्ट्रिय सभा निर्वाचनका उमेदवारहरुले मौन अवधिमा सामाजिक सञ्जालबाट प्रचारप्रसार समेत गर्न नमिल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।

आयोगले एक विज्ञप्ति जारी गर्दै यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाइएको हुनुपर्ने छ ।

आयोगले मतदाता पहिचान गर्न पनि निर्वाचन आधिकृतहरूलाई भनेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरूले मतदान गर्ने व्यवस्था रहेको छ ।

राष्ट्रिय सभाका १९ सिटका लागि १२ गते हुन गइरहेको राष्ट्रिय निर्वाचनमा ४३ जना उमेदवाररु रहेको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्