२४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस कोभिड१९ को संक्रमण

२४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस कोभिड१९ को संक्रमण

१० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ३३ हजार ६२६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ भने ८ लाख २४ हजार २३९ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौं उपत्यकामा एकै दिन ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तसर्थ अहिलेको अवस्था हेर्दा निकै नाजुक रहेकोले अझ भयावह हुन नदीनको लागि हामी आफैले सजक्ता अपनाउनु पर्ने अवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्