ति दाइको आशु उनका निर्दयी छोरो र बुहारीलाई नलागोस् : सानुबाबु सिलवाल

ति दाइको आशु उनका निर्दयी छोरो र बुहारीलाई नलागोस् : सानुबाबु सिलवाल

( अमेरिकाबाट ) ७२-७२ बर्षको बुढो बाउ र ससुरालाइ अमेरिका बोलाएर बिचैमा यस्तो बिचल्लि पारिदिनुहुन्छ​? ३ महिना अघि अमेरिका बोलाएर ६ महिनाको भिषा नसकिदै तिमि फर्कि हाल। यहा एकै छिन पनि बस्दै नबस। मेरि श्रीमति बुढिले मन पराइन​। जब जताबाट आएको हो त्यतै जाउ मतलब नेपाल फर्क। यस्तो हेला, दुर्ब्यबहार, छि छि र छ्या छ्या गर्नेले किन बोलाएको अमेरिकामा बाउलाइ। यस्ता पनि सन्तान हुन्छन​? यस्ता पनि बुहारि हुन्छन​? यस्ता पनि छोरोको नाममा कुपुत्र हुन्छन​? यस्तो बिचल्लि भ​एपछि आफ्नो पारिवारिक सदस्यलाइ फोन गरि यस्तो हालत सुनाएपछि ति बुढा बा आफ्नै छोरो, बुहारि र नातिनातिनालाइ छोडेर मेरिल्याण्डबाट हिजै राति बस मार्फत लुजियाना र टेक्सासतिर जान बाध्य भ​एका छन​।

सानुबाबु सिलवाल / अमेरिका

धन्न बसको टिकट चाहि छोरो भन्नेले काटीदियो सानुबाबु भाइ। साथमा एउटा सानो फोन पनि दिएको छ​। आफ्नै छोराबुहारिकै निम्तामा २-३ महिना अघि अमेरिका आएका ति पिडित दाइ एटलान्टामा बस परिबर्तन गर्नुपर्ने तर भुलेछन​। राति उता आफन्तले फोन उठाएनन समस्या पर्यो भाइलाइ गरे। बिहान ३ बजे आज ति दाइ भक्कानो पर्दै रुदै आफ्नो गुनासो पोख्न थाले। मेरा लेख र आबाजको बर्षौ देखि फ्यान रहेछन ति दाइ। मेरो लेख​, लाइभहरु सधै पढ्ने र हेर्ने गर्दा रहेछन​। समस्यामा परेकालाइ उद्दार गर्ने भाइको कर्म मेरो लागि पनि काम लागेको छ आज। छिप्पिएको रातमा समस्यामा पर्दा ति बिचल्लिमा परेका दाइको मन र मष्तिस्कमा मलाइ सम्झि सहयोग याचना गर्दा सहयोग गर्न पाउनु मेरा लागि अर्कै सुखको अनुभुति त छदै थियो। त्यहा रहेका एकजना अर्को यात्रि काला बर्णका रहेछन। कोहि कसैलाइ वा काउन्टरमा फोन दिनु दाइ म कुरा गरिदिन्छु उनिहरुले सहयोग गर्छन भनेपछि मैले ति काला बर्णका मानिससङ्ग बिचल्लिमा परेका दाइको टेक्सास लुजियानासम्मको यात्राको बसमा टिकट हेरि सहयोग गरिदेउ भनेपछि उसले सुयोर डन्ट ओरि म्यान आइ विल हेल्प हिम आउट​। मैले उसलाइ थ्यान्क्यु भने।

उता पुगेपछि फोन गर्नु भनेको छु ति दाइलाइ। मध्यरातमा फेसबुक मार्फत आज एकजना आफ्नै सन्तान र बुहारिबाट पिडित दुखि दाइलाइ सहयोग गर्न पाउनु मेरा लागि खुशि त छदैछ तर त्यसभन्दा पनि बढि दुखि छु। डायाबिटिजको रोगि ति दाइ आफ्नो छोरो, बुहारि र नातिनातिनालाइ भेट्न उत्साहित भै अमेरिका आएको केहि हप्तामै आफ्नै सन्तान​, बुहारिबाट यस्तो दुर्ब्यहार खेप्नुपर्ला भनेर थाहा भ​एको भ​ए आफु आउदै न आउने दाइले गहभरि आशु पारि दुख ब्यक्त गरे। केहि नराम्रो भन्नु वा केहि गलत गर्नु भयो कि दाइ भन्दा भाइ सानु म आफै बुझ्ने र ब्यबहारिक मानिस हु। उसको आमा उमेरमै मरिन​। तै पनि बिबाह नगरिकनै उनिहरु नै भनेर बसे। नेपालमा छदा राम्रै गर्थ्यो। फोनमा पनि राम्रै गर्थ्यो।

नारायणगढमा घर र जग्गाहरु छन अझै मेरो नाममा छन​। उनिहरु यहाका नागरिक र बुहारि त ग्रिनकार्डमै हो कि भन्ने लाग्छ तर उनिहरु भन्दैनन​। अघिल्लो साता राति नेपालको घर जग्गा बुहारिकै नाममा पास गरिदिन छोरोले दबाब दियो तर मैले भने बाबु म मरेपछि खाने तिमिहरुले नै हो। आखिर म कति नै बाच्छु? मैले नेपाल बस्दा खानु बस्नु पर्छ केहि समय पर्ख मात्रै के भनेको थिए मलाइ बुहारिले चिर्पट लिएर आइन​। छोरोले मुख छाड्यो। एक हप्ताका बिचमा महान शत्रु महा शत्रुलाइ झै दुर्ब्यबहार गर्न थाले। र हिजो बिहान घर छोड्न भने। नेपाल जाउ तुरुन्तै भने। टिकट सारिदेउ न त भन्दा टिकट सार्न आफुले एक पैसा पनि नखर्चिने भनेपछि आफन्तसङ्ग कुरा गरे। उनिहरुले उतै टेक्सास र लुजियाना तिर बोलाएका छन​। २-३ हप्ता बस्छु भाइ त्यसपछि नेपाल नै फर्कन्छु। अब अमेरिका मलाइ चाहिएन र फर्किएर पनि आउदिन​। बाउ भनेर नेपाल आए ठिकै छ नत्र अब त्यतिसारो मुख छाड्ने गालि गर्ने छोरोले अब हेर्ला, माया गर्ला भन्ने लाग्दैन र चिर्पट लिएर आउने बुहारिको त के मुख हेर्नु र अब​?

बस चल्न अझै २ घन्टा बाकि रहदा दाइले फोनमा दुख शेयर गरेका छन। मलाइ लागेर आयो किन बोलाउछन बुढा आमा बाउलाइ अमेरिका। दुरदुर र छि छि गर्ने सन्तानले कसरि मोक्ष पाउला र​? बुढा भ​एका आमा बाउलाइ माया गर्ने र केयर गर्ने, केहि कुरा चित्त नबुझे सम्झाउन सकिन्छ नभ​ए केहि दिन चुपचाप बसि फेरि कुरा गर्न सकिन्छ​। बाउ आमाको मन त हो आखिर केहि दिनमा पग्लि नै हाल्छ। सम्पतिको नाममा जन्मदिने बाउ प्रति यति धेरै क्रुद हुनुपर्ने र लखेट्नु नै पर्ने त थिएन नि। यहि कुराले अझै पनि मनमा चिसो पसेको छ​। कुरा खेलिरहेको छ​। आज ति दाइ पात्र हुन नेपाल, प्रबास र अमेरिकाका। यहा धेरैका उस्तै उस्तै वा केहि भिन्न समस्या होलान तर धेरै बाउ आमाहरु पिडित छन र केहि बाउआमा हरु सम्पति र डलरमा माया, केयर र परिवारलाइ निर्लज्ज ढङ्गले क्रुद हुने पनि नभ​एका होइनन​। तर​, सात समुन्द्र आइ आफ्नो एकल बाउलाइ यतिसम्म गर्ने छोरो सन्तान र बुहारि प्रति धिक्कार छ​।

ति दाइलाइ नेपाल फर्कन समस्या भयो। टिकट सार्न आर्थिक समस्या भयो र फर्कदा बेखर्चि भैयो र कुनै पनि समस्या भयो भने तुरुन्त फोन गर्नु भनेको छु। म छु दाइका लागि भने। म जस्ता दुखि, सहयोगको याचना गर्नेहरुका लागि अझै धेरै बर्षको आयु दिन भगवानसङ्ग प्राथना गर्छु। दाइले यति भनेर फोन राख्दा रातमा ड्राइभिङ्ग मै थिए। मेरा आखामा आशु चुहिएको मलाइ पत्तै भएन​। ति दाइको आशु उनका निर्दयि छोरो र बुहारिलाइ नलागोस​।

प्रतिक्रिया दिनुहोस्