जिल्लाकै समृद्ध बन्दै शिवपुरी गाउँपालिका

जिल्लाकै समृद्ध बन्दै शिवपुरी गाउँपालिका

बाबुराम ओली
मंसिर १७,रसुवा ।
स्थानिय सरकारको आगमन सँगै शिवपुरी गाउँपालिका समृद्ध बन्ने योजनाका साथ तिव्र गतिमा अगाडि बढिरहेको छ । जनताको विश्वास अनि भरोसा जितेर आउनु भएका जनप्रतिनिधिहरु ‘समृद्ध नेपाल , सुखी नेपाली’ को लागि आ – आफनो क्षेत्रबाट आफै काम गर्दै जानु पर्छ भन्ने लक्ष्यका साथ अघि बढेको रसुवा जिल्लाको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताउनु भयो ।
यस गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानि, कृषि, पर्यटन, लगायतका विकासका कामहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै जाँदा सो क्षेत्रहरुमा आमुल परिवर्तन छाएको छ । गाउँपालिकामा रहेका बालवालिकामा शिक्षाको पहुँच सहज रुपमा पुरर्याउनको लागि थुप्रै विकास निर्माणका कामहरु भइरहेका छन् जहाँ पुराना विद्यालय भवनको निर्माण, खेल मैदानको व्यवस्थ , विभिन्न पाठयसामाग्रीको व्यवस्था, विषयगत शिक्षकको उपलब्ध र प्राविधिक कक्षा सञ्चालन लगायतका थुप्रै विकासका कामहरु भइरहँदा शिक्षा क्षेत्रमा गुणस्तरीयता आएको छ । अझ शिक्षालाई प्रभावकारी बनाउनको लागि अङग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन , विपन्न परिवारका लागि छात्रबृद्धिको व्यवस्था रहेको गाउँपालिका अध्यक्ष थापाले बताउनु भयो ।
कृषिमा आधुनिकिकरण ल्याउन र कृर्षकहरुलाई आत्मनिर्भर बनापनको लागि अनुदानको व्यवस्था, उन्नत जातका मल, वीउको व्यवस्था, सिचाइको उपलब्धता, विभिन्न प्रजातिका फलफुल बोटहरुको वितरण, कृषि रिङरोडको निर्माण र सौलियत दरमा श्रणको व्यवस्था भएसँगै कृर्षकहरु निकेै उत्साहित भएका छन् । स्थानियहरुलाई स्वरोजगार बनाउनको लागि कुनै पनि कृषकले दुध बिक्री वितरण गर्दा १ लिटर दुधलाई ३ रुपैया दिएका कारण स्थानियमा खुसीयाली छाएको छ । गाउँपालिकामा रहेका स्थानिय जनताहरु उपचारको लागि टाढाटाढा जानुपर्ने समस्यालाई मुक्त पार्नेको लागि स्वास्थ्य चौकीको निर्माण, औषधीका उपलब्ध, स्वास्थ्य एकाइको निर्माण , कोभिड अस्पतालको निर्माण र १० वेडको अस्पतालको निर्माण लगायतका कामहरु भइरहेका छन् जसले गर्दा सो क्षेत्रका जन्ताहरुले राम्रो सुविधा पाएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनु भयो । खेलकुद व्यवस्थापनको लागि खेल मैदानको निर्माण पनि भइरहेको छ । आर्थिक, सामाजिक रुपमा विकास ल्याउनको निम्ति प्रत्येक वडाहरुमा वडा भवन र रंगशालाको निर्माण काम पनि भइरहेको छ । स्थानिय सरकारको आगमन सँगै सडक निर्माण र पिजको काम तिव्र गतिमा सुरुभए देखि बाह्रै महिना गाडिहरु चलन थालेका छन् । विद्युतिय समस्यालाई मुक्त पार्नको लागि काठेपोल हटाएर फलामे पोल राखिएको छ । १ घर १ धारा अभियान सञ्चालनमा आएको छ । जस्ले गर्दा स्थानियले डोकामा पानि बोकने समस्या हट्दै गएको छ ।
गाउँपालिकामा सम्पूर्ण कामहरु भइरहँदा विगतको तुलनामा भन्दा विकास निर्माणको कामले तिव्रता पाएको गाउँपालिका अध्यक्ष थापाले बताउनु भयो । उहाँका अनुसार जनताको साथ , सहयोगले आफनै कार्यकालमा गाउँपालिका विकसित बन्ने विश्वास रहेको व्यक्त गर्नु भयो । यि सम्पूर्ण कामहरु गर्दा जनताबाट सहयोग निकै पाएको र बाँकी रहेका कामहरु निर्माण गर्न योजना बनाएको उहाँको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्