बाबुराम ओली
पुष १, कैलाली ।
कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका समृद्ध तर्फ तिव्र गतिमा अगाडि बढिरहेको देख्न सकिन्छ ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत, कृषि लगायतका क्षेत्रलाई पहिलो प्राथमीकतामा राखेर काम गर्दै आइरहेको छ । सम्पूर्ण वडाहरुको पठनपाठनमा गुणस्तरियता ल्याउनको निम्ति विद्यालय भवनको निर्माण, पाठय सामाग्रीको उपलब्धता, विषयगत शिक्षकको व्यवस्था लगायतका थुप्रै कामहरु भइरहेको देख्न सकिन्छ । गाउँपालिकाका सम्पूर्ण वडाहरुमा शुद्ध खानेपानी पुर्याउनको लागि विभिन्न अभियान सञ्चालनमा आइरहेका छन् जस्ले गर्दा स्थानी पानीको लागि घण्टौ लाइन बस्ने समस्याको अन्त्य भएको छ । गाउँपालिकाले कृषि आयआर्जन वृद्धि गर्ने लागि उन्नत जातको विउ, मल र तालिमका साथै विभिन्न अनुदानहरु वितरण गरिरहेको छ ।
कृषिमा समृद्धि ल्याउनको निम्ति पकेट क्षेत्र बनाइएको छ । सो क्षेत्रमा कृषि सहित पशुपालनमा आवद्ध किसानहरुलाई सहयोग पनि गरिरहेको छ । कृषिसँगै स्वास्थ्यलाई प्रभावकारी बनाउनको लागि सबै वडाहरुमा स्बास्थ्य चौकीको निर्माण, औषधीको उपलब्ध, वर्थिङ सेन्टरको व्यवस्था लगायतका कामहरु भइरहेको कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डंगौरा थारुले बताउनु भयो । सो क्षेत्रमा सडक, पुल, वडा भवन र प्रशासकीय भवनको लगायतका थुप्रै भौतिक पूर्वधारहरुको काम पनि भइरहेका छन् । सबै जनताहरुको घरघरमा बत्ति पुगेकाले उज्यालो गाउँपालिका बन्न सफल भएको छ ।
गाउँपालिकामा सम्पूर्ण कामहरु गर्दा स्थानियबाट सहयोग निकै पाएको र बाँकी रहेका कामहरु निर्माण गर्नको लागि योजना बनाएको गाउँपालिकाका अध्यक्ष थारुले बताउनु भयो ।
समृद्धको तिव्र गतिमा बर्दगोरिया गाउँपालिका

प्रतिक्रिया दिनुहोस्