समृद्धि तर्फ महाकुलुङ गाउँपालिका

समृद्धि तर्फ महाकुलुङ गाउँपालिका

बाबुराम ओली
माघ १४,सोलुखुम्बु ।
स्थानीय सरकारको आगमन सँगै सम्पूर्ण स्थानीय तहहरुमा थुप्रै विकासका कामहरु भइरहेको देख्न सकिन्छ । यस्तै विकासमा थुप्रै परिवर्तन आएका स्थानीय तहहरु मध्य सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका एक हो ।
गाउँपालिकालाई अझ विकसीत बनाउनको लागि (७ वटा स) लाई समेटेर विकासका कामहरुलाई तिव्र गति तर्फ अगाडि बढाइरहेको सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले बताउनु भयो ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृर्षी जस्ता मुख्य विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । सो क्षेत्रको विकासको लागि ७ वटा ‘स’ लाई समेटिएको छ, जो यस प्रकार रहोका छन्

१. पहिलो ‘स’ मध्ये (सडक)
शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, कृषि लगायतका थुप्रै विकासका लागि निकै महत्तपूर्ण रहेका आधार मध्ये सडक रहेको छ । तसर्थ यहाँ रहेका सम्र्पूण वडाहरुमा सडक पुर्याउने काम भइरहेको छ जहाँ अहिले निरन्तर गाडिहरु चलिरहेको छन् । सम्पूर्ण वडाहरुमा सडक पुर्याएसँगै स्थानीयहरुमा टाढाटाढा जानको लागि पैदल यात्राको सास्ती भोगनुपर्ने अवस्था हट्दै गएको गाउँपालिकाका अध्यक्ष किरातीले बताउनु भयो । उहाँका अनुसार सडक सम्बन्धी कालोपत्रे कामहरु भइरहेका छन् ।

२.दोस्रो ‘स’ मध्ये (शिक्षा)
शैक्षिक स्तरममा गुणस्तर ल्याउनको लागि विद्यालयका भौतिक पूर्वधारहको निर्माण, विषयगत शिक्षकको व्यवस्था, प्रयाप्त मात्रामा पाठयसामाग्रीको व्यवस्था भइरहेको छ । स्थानीय सरकार आउनु भन्दा पहिले विद्यालयमा विद्यार्थीको संख्या कम र शिक्षकहरुको लागि अभिभावकले आफनो पकेटबाट पैसा जम्मा गरेर तलब दिने समस्या थियो तर स्थानीय सरकार आएदेखी यी समस्याहरु हटाएको र अनिर्वाय रुपमा प्रथम पटक नियुक्त हुने शिक्षक,शिक्षिकाहरुको लागि १२ हजार तलब उपलबधता गराएको अध्यक्ष ले बताउनु भयो । उहाँका अनुसार विद्यालयमा शौचालय, शुद्ध खानेपानी र खेल मैदानको राम्रो व्यवस्था रहेको छ ।

३. तेस्रो ‘स’ मध्ये (स्वास्थ्य चौकी)
स्थानीय सरकारको आगमन भन्दा पहिले स्वास्थ्य सेवा त्यती राम्रो नभएको तर सथानीय सरकारको आगमन सँगै सम्पूर्ण वडाहरमा स्वास्थ्य चौकीको निर्माण, उपचार युक्त डक्टरहरुको व्यवस्था, आवश्यक मात्रामा औषधीको उपलबध र वर्थिङ सेन्टरको व्यवस्था भइरहेको छ । केही उपचारको लागि टाढाटाढा पानु पर्ने अवस्थालाई मुक्त पार्नेको निम्ती १५ सैयाको ‘महाकुलुङ’ नामक अस्पतालको निर्माण भएसँगै स्थानीय बासीमा निकै खुसी पैदा भएको छ ।

४. चौथो ‘स’ मध्ये (सञ्चार)
अहिलेको अवस्था सञ्थार माध्यमले ओगटेको र सञ्चार माध्यमले थुपै कामका सहयोग पुर्याउने भएकाले सञ्चार माध्यमलाई पनि विशेष प्राथमिकताका साथ कामहरु भइरहेका छन् । जहाँ पहिलो सरकार आगमन भएसँगै २ वटा टावरको निर्माण र १ निर्माणकाम भइरहेको अध्यक्ष किराती ले बताउनु भयो ।

५. पाँचौ ‘स’ मध्ये (शुसासन)
पहिलो सरकार आउनु भन्दा पहिले राज्य भनेको के हो , यसले के–के काम गर्छ भन्ने कुरा थाहाँ नभएका कारण गाउँपालिकामा काज्य यो हो यस्ले यो काम गर्छ भनेर सम्पुर्णमा अवगत गराएको अध्यक्ष किरातीले बताउनु भयो ।

६. छैँठौ ‘स’ मध्ये (समृद्धि)
गाउँपालिकामा प्रकृती द्धारा निर्मीत हराभरा, मठमन्दिर भएका कारण केही समय पछि पर्यटकहरुको आयात बढ्ने अवस्था रहेको छ । जहाँ पर्यटक र गाउँपालिकाको चिनोको लागि भिडियो डकुमेन्ट्रीको निर्माण पनी भइकेको छ ।

७.सातौँ ‘स’ मध्ये (शुद्ध खानेपानी)
खानेपानीको समस्यालाई मुक्त पार्नको लागि १ घर १ धाराको अभियानलाई तिव्र रुपमा अगाडि बढाइरहेको अध्यक्ष किरातीले बताउनु भयो ।
यी ७ वटा स मध्ये अन्य तहहरुमा पनी विकासका कामहरु भइरहेका छन् । जहाँ कृषिलाई व्यवसायी मुलक बनाउनको लागि कृषि सम्बन्धी तालीम , कृषि यान्त्रिकहरुको उपलबध भइरहेका छन् । जस्ले गर्दा किसानहरु उत्साहित भएका छन् ।
स्थानीय सरकार आउनु भन्दा पहिले प्रहरी चौकी नभएको तर स्थानीय सरकारको आगमन सँगै प्रहरी चौकीको निमार्ण र प्रहरीहरुको व्यवस्थापनले गर्दा गाउँपालिकामा शान्ति सुरक्षा कायम भएको गाउँपालिकाका अध्यक्ष किरातीले बताउनु भयो ।

कोभिड–१९ ले विकासका कामहरुमा बाधा पुर्याएका कारण भने जस्तो काम नभएकाले ती कामहरु अहिले निरन्तरता दिएको उहाँको भनाइ रहेको छ ।

गाउँपालिकामा विकासका कामहरु गर्दै जादाँ स्थानीयबाट निकै साथ, सहयोग पाएकको र बाँकी रहेका विकासका कामहरु निरनतरता दिएको सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले बताउनु भयो ।
यी सम्पूर्ण विकासका कामहरुलाई हेर्दा अवको केही समयमा विकसीत गाउँपालिका बन्ने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्