काठमाडौं ।। पौडेल वंश महासंघ नेपाल, दोलखा जिल्ला कार्यसमिति अन्तगर्त गठित दोलखा – काठमाडौं समन्वय तथा सम्पर्क समिति र प्रवास समन्वय तथा सम्पर्क समितिको आयोजनामा आज नयाँबानेश्वरस्थित सितलचौतारीमा पौडेल वंश महासंघ नेपालको स्थापना भएको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम भव्य र सभ्य तवरले सम्पन्न भएको छ । आजकै दिन २०७६ सालको असार १ गते चितवनको देवघाटमा महासंघको विधिवत स्थापना भएको थियो । दिपक पौडेल खत्री (भिरकोट)को अध्यक्षतामा भएको कार्यक्रमलाई प्रवासका संयोजक दिपक पौडेल खत्री (जुगु)ले सहजीकरण गर्नुभएको थियो ।
यसै अवसरमा प्रवास समितिको आयोजनामा आयोजित पौडेल वंश सम्बद्ध हाजिरीजवाफ प्रतियोगितामा मुख्तियार रंगनाथ पौडेलको कार्यकालको समय, वर्तमान राष्ट्रपति, गर्भनर देखि नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसम्बद्ध प्रश्नहरु सोधिएको थियो । यस प्रतियोगितामा सबै भन्दा छिटो र धेरै सटिक उत्तर दिएर रामु पौडेल (सुनखानी) ले सर्वोत्कृष्ट उपहार प्राप्त गर्नुभएको छ । यस्तै, दिपक पौडेल (काभ्रेपलान्चोक), नारायण पौडेल (काठमाडौं), दिक्षित पौडेल ( भिरकोट) र विष्णु प्रसाद पौडेल (मेलुङ–६) ले पनि उत्कृष्ट हुँदै विशेष उपहार प्राप्त गर्नु भएको छ ।

यस कार्यक्रममा केन्द्रीय उपाध्यक्षहरु विजय पौडेल, दिपक पौडेल, केन्द्रीय सदस्यहरु कृष्ण प्रसाद पौडेल (सिन्धुपाल्चोक), नारायण पौडेल, (काठमाडौं), र कृष्ण पौडेल केसी, (दोलखा), बागमती प्रदेश उपाध्यक्ष अरुण पौडेल, कोषाध्यक्ष प्रमिला ढकाल पौडेल र प्रदेश सदस्य रामु पौडेल लगायत दोलखा घर भई काठमाडौं उपत्यकामा बस्ने पौडेल बन्धुहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा दोलखामा स्थापना भएको अक्षयकोषका लागि कृष्ण प्रसाद पौडेल (सिन्धुपाल्चोक) बाट रु.२५२५।–, ललित पौडेल केसी (भिरकोट) रु.२०५०।–, नारायण पौडेल, केन्द्रीय सदस्य, (काठमाडौं) रु.२१००, र प्रदेश उपाध्यक्ष अरुण पौडेलबाट रु.११००।– प्रदान गर्नुभएको छ । यस्तै, थप केहि बन्धुहरुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै, कार्यक्रम आयोजनाको खर्च व्यवस्थापनको लागि दिपक पौडेल खत्री (जुगु) बाट रु.२०००।–, सन्जय पौडेल खत्री (सहरे) रु.२०००।–, कुमार पौडेल केसी (वैत्यश्वर–२) रु.१०००।– , दिपक पौडेल खत्री (भिरकोट) रु.१०००।–, राजु पौडेल (जुगु) रु.१०००।– र राज कुमार केसी (जुगु) बाट रु.१०००।– सहयोग प्रदान गरिएको छ ।

केन्द्रीय उपाध्यक्षहरुले बन्धु हितका लागि अगाडि बढ्न आग्रह गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्ष दिपक पौडेल खत्रीले जिल्लामा स्थापना गरिएको अक्षयकोषमा सहयोग गर्न आग्रह गर्दै सहयोग गर्नेहरुको अभिलेख राखिने र प्रमाण पत्र पनि उपलब्ध गराउने मन्तव्य राख्नु भयो ।

यस्तै, प्रवास संयोजकले प्रवासमा रहेका दोलखाली पौडेल बन्धुहरुको नामावली र सम्पर्क नं. उपलब्ध गराउन आग्रह गर्नु भयो । यस्तै, जिल्लाको वंशावली समितिका संयोजक राजु पौडेल केसी (जुगु) ले वंशावली तयार गर्न टोल तथा आफ्नै गाउँबाटै सुरु गर्न आग्रह गर्नुभयो ।

प्रदेश सदस्य रामु पौडेलले पनि पौडेलहरुको थरका विषय धेरै बहस र छलफलहरु हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका अन्य तस्विरहरु:











प्रतिक्रिया दिनुहोस्