बाबुराम ओली मंसिर २१, सल्यान ।
मकवानपुर जिल्लाको त्रिवेणी गाउँपालिका विकासका र समृद्धि तर्फ तिव्र गतिमा अगाडि बढिरहेको देख्न सकिन्छ ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायतका क्षेत्रहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । शैक्षिक सामाग्री, विषयगत शिक्षको व्यवस्था, छात्रवृत्तिको व्यस्था , नयाँ विद्यालय भवनको निर्माण र कृषि प्राविधिक शिक्षा सञ्चालन लगायतका कामहरु भएसँगै यस गाउँपालिकाको शैक्षिक क्षेत्रमा निकै सुधार आएको मकवानपुर जिल्लाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीकोे भनाइ रहेको छ । गाउँपालिकाले कृषिलाई मुख्य क्षेत्र बनाएर बिउ, मल, सिचाई प्रशस्त मात्रामा व्यवस्था साथै कृषिलाई व्यबस्थापन गरेर कृषि उत्पादन वृद्धिका लागि गाउँपालिकाले पहल गरिरहेको छ । जस्ले गर्दा सम्पूर्ण किसानहरु आफैमा आत्म निर्भर भएको देख्न सकिन्छ ।
शिक्षालाई प्रभावकारी बनाउनको लागि १ देखी ५ सम्म स्थानिय पाठयक्रम सञ्चालनमा ल्याएको र विषयगत शिक्षकको व्यवस्था, पाठयपुस्तकको उपलब्धता ले गर्दा शिक्षा क्षेत्रको विकास हुदै गइरहेको छ ।
स्थानिय सरकार आउनु भन्दा पहिले दयनीय रहेको स्वास्थ्य क्षेत्र स्थानिय सरकारको आगमनसँगै स्वास्थ्य चौकीहरुको निर्माण , औषधीको उपलब्धता र १० सैया अस्पतालको टेण्डर प्रक्रिया हुदै गर्दा यस क्षेत्रमा रहेका स्थानिय बासीहरु उत्साहित भएका छन् । सो क्षेत्रमा पर्यटन विकासको लागि मठमन्दिरको निर्माण र प्रचारप्रसार गर्न लगायतका कामहरु भइरहेका छन्
गाउँपालिकामा सम्पूर्ण वडाहरुमा विद्युत पहुँच उपलब्ध गराउन र काठेपुल मुक्त क्षेत्र गर्नको लागि ११ करोडको आयोजना अघि बढिरहेको छ । लामो समय देखि विकास निर्माणमा पछाडि परेको यो क्षेत्र अहिले भने विकसित बन्दै गएको अध्यक्ष डाँगीको दावी रहेको छ । सो क्षेत्रमा पहिले एउटा पनि ल्याब नभएको तर स्थानिय सरकारको आयमनसँगै ल्याबको व्यवसथाले गर्दा स्थानियहरुमा सहजता पैदा भएको छ । जस्ले गर्दा सम्पूर्ण विकासका कामहरु भइरहदा यहाँका स्थानियले खुसी व्यक्त गरेका छन् ।
विभिन्न समस्याहरु हुँदा हुँदै पनि विकासका कामहरु गरिरहदा स्थानियबाट निकै साथ पाएको र बाँकी रहेका कामहरु निर्माण चरणमा रहेको गाउँपालिकाका अध्यक्ष डाँगीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्