कविता पोखरेल ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका बिस्तारै बिकसित हुँदै गैरहेको गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताउनु भएको छ ।
उहाका अनुसार गाउँपालिकाको सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्म्पन्न भैसकेको र कालो पत्रेको काम पनि अगाडि बाढीरहेको छ । शैक्षिक क्षेत्रको बिकासको लागी प्राबिधिक शिक्षामा जोड र सुबिधा सम्मपन्न बिधालय भवनको निर्माण गरिएका छन । गाउँपालिकाका ९५प्रतिशत घर धुरिमा बिधुतको पहुच पुगि सकेको छ ।
कोरोना महामारीमा उदाहरणिय काम गरेको पालिकाले मास्क, सेनिटाइजरको बितरण राहात सामग्री वितरण ,आर डि टि , पिसिआर टेस्ट लगातयको कामबाट कोरोना भाइरसलाइ नियन्त्रणमा लिएको थियो। आगामी दिनमा कोरोना महामारीको असरलाई कम गर्दै बिकास र समृद्धि तर्फका कामहरु पालिकाले अगाडि बढाउने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्