विकास तर्फ चिशंखुगढी गाउँपालिका

विकास तर्फ चिशंखुगढी गाउँपालिका

बाबुराम ओली
माघ २२, ओखलढुंगा ।

स्थानीय सरकारको आगमन पश्चात ओखलढुंगा जिल्लाको चितखंखुगढी गाउँपालिकामा विकास निर्माणका कामहरुले तिव्रता पाएको छ ।

सो क्षेत्रमा स्थनाीय सरकार आउनुभन्दा पहिले विकाम निर्माणका कामहरु भइरहँदा ती कामहरु व्यवस्थित ढंगले अगाडि बढन नसकेका कारण स्थानीय जनताहरुले सास्थी भोगनु परेको थियो तर स्थानीय सरकारको आमन पछि ती सम्पूर्ण कामहरु व्यवस्थित ढंगले अगाढि बढेको ओखलढुंगा जिल्ला चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा बास्तोलाको दावी रहेको छ ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, विद्युत लगायतका क्षेत्रहरुलाई पहिलो प्राथमिकता राखेर काम गर्दै आइरहेको छ । शिक्षा क्षेत्रमा गुणस्तरता ल्याउनको लागि विद्यालय भवनको निर्माण, पाठयसामाग्रीको उपलब्ध र विषयगत शिक्षकहरुलाई तालिमको व्यवस्था भएसँगै शिक्षा क्षेत्रमा राम्रो सुधार आएको छ । सो क्षेत्रको विद्यालयमा सफा खानेपननीको व्यवस्थिा पनि रहेको छ भने प्राविधिक विद्यालयको सञ्चालन पनि भइरहेको छ । सम्पूर्ण वडा बासिहरुलाई उज्यालोमा राख्नको लागि विद्युतको निर्माणको कामले पनि तिव्रता पाइरहेको छ । जनस्तरमा स्वास्थ्य सेवा पुर्याउनको लागि स्वास्थ्य चौकीको र हस्पिटल निर्माण भइरहेका छन् । साथै स्थानियमा अझै थप सेवासुविद्याको लागि एम्बुलेन्स र ल्यावको व्यवस्था पनि रहेको छ जस्ले गर्दा बिरामीलाई बोकेर हस्पिटल जानुपर्ने अबस्थाको अनत्य भयरहेको देख्न सकिन्छ । सडकहरु बाह्रै महिना चल्ने गरि सदरमुकाम देखि वडाहरुसम्म जोडने र कालो पत्रे गर्न योजाना बनाइ कामका निरन्तरता दिएको गाउँपालिकाका अध्यक्ष शर्माले बताउनु भयो । सो क्षेत्रमा गाउँपालिका भवन र वडा भवन निर्माण कामले पनि तिव्रता पाएको छ । कृषिमा आधुनिकिकरण ल्याउनको लागि विउ, मल, बिरुवा, हातेटयाक्टर वितरण र भौगोलिक अवस्था हेरेर पकेट क्षेत्र बनाएर अघि बढिरहँदा किसानहरु निकै उत्साहित भएको अध्यक्ष शर्माले बताउनु भयो । यी सम्पूर्ण कामहरु भइरहँदा कोभिडले असर गरेकाले सोचेजस्तो विकासका काम गर्ने नसकेता पनि ति बाँकी रहेका कामहरु पुरा गर्नेको लागि निरन्तरता दिएको शर्माको भनाइ रहेको छ ।

गाउँपालिकामा सम्पूर्ण कामहरु गर्दै जाँदा स्थानियबाट अविश्मरणीय साथ पाएको र बाँकी रहेका कामहरुलाई निर्माण गर्ने योजना बनाएको ओखलढुंगा जिल्ला चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्