काठमाडौं/एसईई पछिको गन्तव्य कहाँ हो ? निसन्देह भन्न सकिन्छ, प्लस टु एजुकेसन हो । नेपालका उत्कृष्ट प्लस टु कुनकुन होलान् ? अहिले सबैको चासोको विषय हो यो । एसइई परीक्षामा सफलता पाएका लाखौं विद्यार्थी र तिनका अभिभावकहरुको चिन्ताको कुरा हो यो ।
बजारमा प्लस टु अध्यापन गराउने शैक्षिक संस्थाको कमि छैन् तर उच्च शिक्षाका निम्ती कुन शैक्षिक संस्था रोज्ने भन्ने कुराले विद्यार्थी र अभिभावकलाई अन्यौलमा पारेको हुन्छ । विद्यार्थीलाई राम्रा प्लस टुको बारेमा जानकारी दिने उद्देश्यले यो भिडियो रिपोर्ट तयार पारिएको हो । यहाँ उल्लेख गरिएका उच्चमाविहरु विद्यार्थीका लागी रिफ्रेन्स् हुने कुरामा हामी ढुक्क छौं । विद्यालयशिक्षाको खुड्किलो मानिने प्लस टु पछि विद्यार्थीको भविश्य निर्धारण हुने भएकाले उपयुक्त शैक्षिक संस्था रोज्न सक्नु विद्यार्थीको चुनौती हो ।
प्लस टु शिक्षामा उल्लेखनिय योगदान पु-याएका र निरन्तर उत्कृष्ट शैक्षिक परिणाम ल्याएका प्लस टु यसमा समावेश छन् । शैक्षिक गुणस्तरका निम्ती कुनै सम्झौता नगरि प्रतिस्पर्धारत प्लस टुहरुका बीचमा हामीले उत्कृष्ट २० प्लस टु छनौट गरेका छौं ।
उच्च भौतिक पुर्वाधार, उत्कृष्ट प्रयोगशाला, अध्ययन मैत्री वातावरण, अब्बल शैक्षिक जनशक्ती, विद्यार्थीका निम्ती पारिवारिक वातावरण जस्ता कुरालाई मापदन्ड बनाएर यि २० उमावि छनौट गरिएको हो । प्लस टु अध्ययन पश्चात ति शैक्षिक संस्थामा अध्ययन गरेका विद्यार्थीले हासिल गरेको उपलब्धी पनि महत्वपुर्ण मापदन्डको रुपमा लिइएको छ । धेरै विद्यार्थी लिएर पनि तिनको शैक्षिक एवं सर्वाङ्गिण विकासमा उत्तिकै ध्यानदिने यि प्लस टु शिक्षालयले विद्यार्थीहरुलाई लक्षित गन्तव्यमा पु-याउन प्रमुख भुमिका खेल्ने छन् ।
समग्रमा भन्नुपर्दा उल्लेखित कलेजहरु सक्षम नागरिक उत्पादनमा अहोरात्र सक्रिय छन् ।प्रस्तुत छ, उत्कृष्ठ उच्च माविहरु:
१,अरनिको इन्टरनेशनल कलेज
अरनीको इन्टरनेशनल कलेज नेपाली शिक्षामा अत्यन्तै गुणस्तर कायम राखेको उत्कष्ठ बिद्यालय हो । सन् २०१० मा स्थापना भएको हो, अरनिको इन्टरनेशनल एकेडेमी । ललितपुर, सातदोबाटोस्थित ताल्छिखेलमा रहेको यस कलेजले विश्व बजारले माग गर्ने दक्ष जनशक्ति अनुरुप पठन विधी अपनाएको छ । उक्त कलेज सँग विद्यार्थीहरुको विकासको लागि आवश्यक पर्याप्त भौतीक पुर्वाधार रहेको छ ।
२,क्यास्पियन भ्याली कलेज
क्यास्पियन भ्याली कलेज ललितपुर जिल्लाको पूर्णचण्डीमा अवस्थित एक कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ । क्यास्पियन भयाली कलेज सन् १९९८ मा स्थापना भएको हो। | उक्त कलेजले अहिले कक्षा ११ मा विज्ञान, व्यवस्थापन र मानविकी विषयको पढ़ाड़ सञ्चालन गरिरहेको छ। त्यसबाहेक स्नातक र स्नातकोत्तर तहको पढाइ पनि चलाइरहेको छ । यस कलेजमा एसएलसीमा बोर्ड फस्र्ट भएका चार जना विद्यार्थीले अध्ययन गरिसकेका छन्। उनीहरूले उत्कृष्ट नतिजा ल्याउन सफल भइसकेका छन्। यस हिसाबले पनि क्यास्पियन भ्याली कलेज कलेज उत्कृष्टहरूको रोजाइ हो भन्ने प्रमाणित भइसकेको छ। अनुभवी शिक्षक उत्कृष्ट भौतिक संरचना तथा विद्ध्थीका लागि आवश्यक पर्याप्त शैक्षिक वातावरणको उपजले यस्तो भएको हो।
३,कोलम्बस कलेज, नयाँ बानेश्वर
कोलम्बस कलेज काठमाडौं जिल्लामा रहेको एक क्याम्पस हो । सम्बन्धनः चाटर्ड ग्लोबल म्यानेजमेन्ट एकाउण्टेन्ट (सिजीएमए)
विषयः सिआइएमए
अवधिः २ वर्ष
शूल्कः ५ लाख
छात्रवृतिः विधार्थीको परिक्षामा ल्याएको नतिजाका आधारमा ५० प्रतिशतसम्म।
४,एभरेष्ट कलेज
के तपाई एमबिएस, बिबिएस, बिबिएम र बिबिए पढ्ने सोचमा हुनुहुन्छ ? या त यी सबै सबै विषय एउटै ठाउँमा पढ्ने कलेजको खोजीमा हुनुहुन्छ ? यदि तपाईको त्यसको खोजीमा हुनुहुन्छ भने तपाईको उत्कृष्ठ कलेज हो एभरेष्ट कलेज ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेष्ट कलेजमा विभिन्न विषयमा पढाई भईरहेको छ । ३५ जनाको लागि एमबिएस प्रोग्राम सञ्चालन भईरहेको छ । बिबिएस चार वर्षे कार्यक्रममा ८० सिट राखिएको छ । बिबिएमको लागि ८८ जनाको कोटा रहेको छ । त्यस्तै बिबिएमा ६४ सिट रहेको छ ।
५,ग्लोबल कलेज, अफ म्यानेजमेन्ट मध्यबानेश्वर, काठमाडौँ
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : १ लाख २९ हजार
हरेक वर्षको परीक्षामा उत्कृष्ठ संख्यामा विद्यार्थी पास गराउन सफल रहेको यो कलेजले मासिक शुल्क ५ हजार लिन्छ । भर्ना शुल्क १२ हजार र अन्य शुल्क ५७ हजार लिने गरेको कलेजले जनाएको छ । जम्मा एक वर्षका लागि यो कलेजले १ लाख २९ हजार रुपैया लिने गर्छ ।
शिक्षकलाई वक्ता र विद्यार्थीलाई श्रोताका रूपमा होइन, दुवैको सहकार्यबाट मात्रै गुणस्तरीय पढाइ सम्भव छ भन्ने मान्यतामा आधारति छन्, ग्लोबल कलेज अफ म्यानेजमेन्ट उच्च माविका शिक्षण क्रियाकलाप। त्यसैले यहाँ प्रयोगात्मक शैक्षिक विधिलाई प्रमुख रूपमा अपनाउने गरिएको छ। यस कलेजमा विद्यार्थीलाई किताबी कीरो मात्रै होइन, अतीरीक्त ज्ञान र व्यावसायिक क्षेत्रमा पनि खरो उत्रिन अभिमुखीकरण गरिन्छ।
कलेजका प्राचार्य नरबहादुर विष्टका अनुसार शिक्षक र विद्यार्थीको सहकार्यमा पढाइ गर्ने पद्धति नै गुणस्तरीय नतिजाको पहिलो सर्त हो। १५ हजारभन्दा बढी पुस्तकहरू रहेको पुस्तकालय, इन्टरनेट र कम्प्युटरको पर्याप्त सुविधा विद्यालयमा रहेको विष्टको भनाइ छ। साथै, हरेक दिन राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिका, म्यागेजिन र जर्नलहरू उपलब्ध गराएर कलेजले विद्यार्थीलाई समसामयिक विश्व बजारमा आएका ज्ञान र सूचनासम्म पहुँच दिलाउने गरेको छ। अभिभावकसँगको निरन्तरको अन्तरक्रिया, हरेक वर्ष हुने छवटा आन्तरकि परीक्षा र प्रत्येक विद्यार्थीलाई वैयक्तिक परामर्शका लागि चार जना मनोविज्ञहरूको समूहका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको प्राचार्य विष्ट बताउँछन्। भन्छन्, “व्यवसाय र व्यवस्थापनका क्षेत्रमा प्रतिस्पर्धी जनशक्ति तयार गर्नुपर्ने राष्ट्रिय आवश्यकतालाई थोरै भए पनि हामीले पूरा गर्न सकेका छौँ।”
६,काठमाडौं मोडल कलेज
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : १ लाख १३ हजार ९ सय
बागबजार काठमाडौं अवस्थित अर्को प्लस टु हो काठमाडौं मोडल कलेज । गत वर्षको नतिजाअनुसार ९५.३६ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको यो विद्यालय विद्यार्थीहरुको अर्को छनोट बन्न सक्छ । यो प्लस टु ले विज्ञान र ब्यवस्थापन विषय अध्ययन गराउँदैं आएको छ ।
विज्ञानतर्फ मासिक शुल्क ५ हजार २ सय लिने यो प्लस टुले भर्ना वापत ८ हजार तथा अन्य शुल्क बापत ४३,५०० रुपैयाँ शुल्क लिने गरेको छ । कुल एक वर्षको खर्च निकाल्दा विज्ञानतर्फका विद्यार्थीले १ लाख १३ हजार ९ सय रुपैयाँ तिनुपर्ने हुन्छ । विज्ञानतर्फ ७०० विद्यार्थी भर्ना लिदैं आएको यो प्लस टुले १ सय जनालाई छात्रवृति दिने गरेको जनाएको छ ।
यस्तै ब्यवस्थापनतर्फ ४ सय विद्यार्थी भर्ना लिने केएमसीले ८० विद्यार्थीलाई छात्रवृति दिने गरेको छ । ब्यवस्थापनतर्फ ३ हजार ५ सय मासिक शुल्क लिने यो प्लस टुले भर्ना शुल्क भने ८ हजार लिन्छ । अन्य शुल्क २४ हजार ५ सय लिने गरेको छ । सबै गरी एक वर्षमा एक कलेजमा पढ्न ७४ हजार ५ सय तिनुपर्ने हुन्छ ।
७,लिटिल एन्जल्स
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : ९६ हजार
हात्तीबन ललितपुरमा रहेको लिटिल एन्जल्स पनि गनिएको प्लस टुमा पर्छ । यसले ब्यवस्थापन र विज्ञान संकायमा अध्यापन गराउँदैं आएको छ ।
विज्ञानतर्फ ३५० जना भर्ना लिने यो उच्च माविले ब्यवस्थापनतर्फ २५० जना विद्यार्थी भर्ना लिन्छ । यसले विज्ञानतर्फ ३५ जना र ब्यवस्थापनतर्फ २५ जनालाई छात्रवृति दिने गरेको जनाएको छ ।
लिटिल एन्जल्सले विज्ञान र ब्यवस्थापन दुवै संकायमा मासिक शुल्क ५ हजार, भर्ना शुल्क १४ हजार र अन्य शुल्क स्वरुप २४ हजार रुपैयाँ लिने गरेको छ । यस उच्च माविमा एक वर्ष अध्ययन गर्न ९६ हजार स्कुल तिनुपर्ने हुन्छ ।
८. प्रसादी एकेडेमी
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : ९०५५०
रिजल्ट हिसाबले उत्कृष्ट नतिजा दिइरहेको मानिएको यो प्लटु ललितपुरको मानभवनमा रहेको छ । गत वर्षको नतिजामा यसले ९८.३५ प्रतिशत विद्यार्थीलाई उतीर्ण गरेको यो कलेजले विज्ञान तथा ब्यवस्थापन संकायमा पढाइ गराउँदैं आएको छ ।
विज्ञानतर्फ मासिक शुल्क ४५५० लिने यो उच्च माविले भर्ना शुल्क १४९५० र अन्य शुल्क २१ हजार लिने गरेको छ । सबै वार्षिक रुपमा जोडदा यसको कुल शुल्क एक वर्षमा ९०,५५० हुन आउँछ । विज्ञानतर्फ ४०० विद्यार्थी पढाउने यसले ४० विद्यार्थीलाई छात्रवृति दिने गरेको छ ।
प्रसादीले विज्ञानसँगसँगै ब्यवस्थापन पनि पढाउँदैं आएको छ । ब्यवस्थापनतर्फ यसले मासिक शुल्क ३५५० लिदैं आएको छ भने भर्ना शुल्क १४९५० रहेको छ । ब्यवस्थापनका लागि अन्य शुल्क १४००० लिने गरेको छ । यो सबै जोड्दा कुल ७१ हजार ५ सय ५० रुपैयाँ एक वर्षको खर्च हुन आउँछ । ब्यवस्थापनमा २८० विद्यार्थी पढाउँदैं आएको यो कलेजले १४ जनालाई छात्रवृति दिने गरेको छ ।
९. सेन्ट मेरिज उच्च मावि
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : ८४ हजार ८ सय
जावलाखेल लतिपुरमा रहेको यो उच्च माविले छात्राहरुलाई मात्र भर्ना लिने गरेको छ । विज्ञान, मानविकी र ब्यवस्थापन तीनै संकायमा अध्यापन गराइने यो कलेज पनि राजधानीका उत्कृष्ट उच्च माविहरु मध्येमा पर्छ ।
गत वर्ष ९६.१८ प्रतिशत विद्यार्थीहरुलाई उतीर्ण गराउन सफल यो उच्च मावि राजधानीको कहलिएको उच्च माविमा पर्छ ।
विज्ञानतर्फ ८० जना विद्यार्थीलाई भर्ना लिने यसले १५ जनालाई छात्रवृति दिने गरेको छ । यस्तै मानविकीमा ३० जना भर्ना लिने गरेको यसले ७ जनालाई छात्रवृति दिन्छ भने ब्यवस्थापनमा ८० जनाको सिट रहेकोमा १५ जनाले छात्रवृति पाउने गरेका छन् ।
कलेजले तीनैं संकायका लागि समान शुल्क निर्धारण गरेको छ । जसअनुसार मासिक शुल्क २९ सय, भर्ना शुल्क २० हजार र अन्य शुल्क ३० हजार रहेको छ । कुल गरी वर्षमा ८४ हजार ८ सय हुन आउँछ ।
१०. सेन्ट जेभियर्स
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : ७५ हजार
पढाइका लागि कहलिएको मानिएको सेन्ट जेभियर्स कलेज काठमाडौंको माइतीघरमा अवस्थित छ । विज्ञानमात्र पढाउने यो कलेजले प्रत्येक वर्ष ५ सय ५० जना विद्यार्थीलाई भर्ना लिने गरेको छ । गत वर्ष ९८.०७ प्रतिशत विद्यार्थी उतीर्ण गर्न सफल यो कलेजमा भर्नाका लागि नै तछाड मछाड हुने गरेको छ ।
कलेजले मासिक स्कुल नलिई दुई किस्तामा विद्यार्थीबाट स्कुल लिने गरेको छ । जसमा भर्ना शुल्क ५ हजार र अन्य शुल्क ७०, हजार गरी एक वर्षमा ७५ हजारमा पढाउँदैं आएको छ । यसले विज्ञानमा भर्ना लिदा बायोलोजी र फिजिक्स समूहमा छुट्टाछुट्टै भर्ना लिने गरेको छ ।
११. एनसीसीएस उच्च मावि
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : ६२ हजार ७ सय
काठमाडौंको पकनाजोलमा रहेको यो उच्च माविले ब्यवस्थापन संकायमा मात्र अध्यापन गराउँदैं आएको छ । एक शैक्षिक सत्रमा ५ सय विद्यार्थी भर्ना लिने यो उच्च माविले २५ जनालाई छात्रवृति उपलब्ध गराउँदैं आएको छ ।
मासिक शुल्क ३ हजार १ सय, भर्ना शुल्क ३ हजार र अन्य शुल्क २२ हजार ५ सय लिने यो कलेजमा एक वर्ष अध्ययन पूरा गर्नका लागि ६२ हजार ७ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
१२. सिद्धार्थ वनस्थली इन्च्युट
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्कः विज्ञानतर्फ ५६ हजार
ब्यवस्थापनतर्फ ३९ हजार
पब्लिक ट्रष्टबाट सञ्चालित सिद्धार्थ बनस्थली इन्च्युटले पनि राजधानीका प्रसिद्ध प्लस टु पढाउने शैक्षिक संस्थामध्येमा पर्छ । बालाजुस्थित यो कलेजले साइन्स र म्यानेजमेण्ट पढाउँदैं आएको छ ।
साइन्सतर्फ फिजिक्स र बायोलोजी गरी दुई समूहमा भर्ना लिने यो कलेजले भर्नाका लागि २० हजार रुपैयाँ र मासिक शुल्क ३ हजार लिने गरेको छ । विज्ञानतर्फ ११ कक्षाको पढाइ पूरा गर्न ५६ हजार रुपैयाँ तिर्नुपर्छ ।
ब्यवस्थापनतर्फ भर्ना शुल्क १५ हजार र मासिक शुल्क भने २ हजार रहेको छ । ब्यवस्थापनमा ११ कक्षा पूरा गर्न ३९ हजार तिनुपर्छ । भर्ना र मासिक बाहेक सिद्धार्थ बनस्थलीको अन्य शुल्क यसमा समावेस छैन ।
१३. मोर्डन बोर्डिड स्कुल
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : ४३ हजार ५ सय
दधिकोट भक्तपुरमा रहेको मोर्डन स्कुलले पनि ब्यवस्थापन संकायमा मात्र अध्यापन गराउँदैं आएको छ । एक शैक्षिक सत्रमा ३५० जना विद्यार्थी भर्ना लिने यो उच्च माविले २४ जनालाई छात्रवृति दिने गरेको छ ।
मासिक शुल्क २४ सय, भर्ना शुल्क ७ हजार र अन्य शुल्क ७ हजार ७ सय लिने यो उच्च माविमा एक वर्ष पढ्नका लागि ४३ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
१४. सैनिक आवासीय महाविद्यालय
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : विज्ञान १ लाख २९ हजार ६ सय विज्ञान
ब्यवस्थापन : १ लाख २६ हजार ८ सय
भक्तपुरको सल्लाघारीमा रहेको यो उच्च मावि नेपाली सेनाको सञ्चालनमा चलिरहेको छ । तर, विज्ञातर्फ यसले अरु अब्बल कलेजहरुलाई शुल्कमा उछिनेको छ । यसले विज्ञान, ब्यवस्थापन र मानविकी तीनै संकायमा अध्यापन गराउँदैं आइरहेको छ ।
विज्ञान र ब्यवस्थापनमा समान १ सय ६० जना विद्यार्थी भर्ना लिने यसले समान ८ ८ जनालाई छात्रवृति दिने गरेको छ । मानविकीमा भने यसले ४० जनालाई भर्ना लिदैं आएको छ । जसमा २ जनालाई छात्रवृति दिइन्छ ।
भर्ना शुल्क ६ हजार र मासिक शुल्क ९ हजार ५ सय लिने यो उच्चमाविले अन्य शुल्क बापत मानविकी र ब्यवस्थापनमा ६ हजार ८ सय र विज्ञानमा ९ हजार ६ सय लिदैं आएको छ । यसरी हेर्दा मानविकी र ब्यवस्थाप पढ्नेले वर्षमा १ लाख २६ हजार ८ सय रुपैयाँ तिनुपर्छ भने विज्ञान संकायमा पढ्नेले १ लाख २९ हजार ६ सयमा कक्षा ११ पूरा गर्छ ।
१५,एट्लान्टिक इन्टरनेसनल कलेज, ठमेल
ठमेल गल्कोपाखा स्थित एट्लान्टिक इन्टरनेसनल कलेजले बिगत ६ वर्षदेखि नेपालको शैक्षिक क्षेत्रमा योगदान दिइरहेको छ। बिबिए र बिबिए–बिआई अध्यापन गराइरहेको यस कलेज पोखरा विश्व विद्यालय सम्बन्धन प्राप्त कलेज हो।
यस कलेजमा ४ वर्षे बिबिए अध्यन गरेको ४ लाख ५० हजार र बिबिए–बिआई को ४ लाख ७५ हजार हुल्क लाग्ने कलेजका निर्देशक ध्रुब सुबेदीले बताउँछन्। त्यस्तै बिद्यार्थीको परिक्षा फल अनुसार शुल्क छुट समेत हुने उनले जानकारी दिए।
यस कलेजबाट हालसम्म ६५ जनाले विश्व विद्यालय टप गरेको सुवेदीको दाबी छ। यस कलेजले बिबिए–बिआइ को बिद्यार्थीलाई एउटा कक्षामा २४ जनाको दरले र बिबिएका बिद्यर्थीलाई ३२ जनाको दरले राख्ने गर्दछ।
१६, आर्यन स्कूल अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, मध्यबानेश्वर, काठमाडौं
यो कलेजमा बिई सिभिल इन्जिनियर, बिआईटी (ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी), बिसिए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) र बिबिए (ब्याच्लर अफ बिजनेस एडमिनिस्ट्रिसन) पढाई हुने गर्दछ।
पुर्वान्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त यस कलेजमा अध्यापन गराइने यी प्रोग्रामको छुट्टाछुट्टै शुल्कहरु तय गरिएको छ। यी सबै चार वर्षे कोर्स हुन्। बिई सिभिलका लागि ९ लाख ६० हजार, बिआइटीका लागि ६ लाख ६० हजार, बिसिएका लागि ८ लाख ८१ हजार र बिबिएका लागि ४ लाख ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
यी शुल्कहरुमा विद्यार्थीहरुको प्लस टुको नतिजा तथा इन्ट्रान्स परीक्षामा ल्याएको नतिजा अनुसार छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ। र्याङ्किङका आधारमा हाम्रो कलेज निकै अगाडि छ। २०१० देखि हामीले अध्यापन गराइरहेका छौँ।

१७, क्वेस्ट इन्टरनेसनल कलेज, ग्वार्को ललितपुर
निर्देशक उदयराज पौडेलका अनुसार यस कलेज पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त छ । यहाँ बिएचएम, बिबिए र एमबिए पढाई हुने गर्दछ। बिएचएम र बिबिए ४ वर्षे कोर्ष हो भने एमबिए २ वर्षे हो। बिएचएमको शुल्क ५ लाख ९६ हजार, बिबिएको ४ लाख ९६ हजार, एमबिएको ६ लाख १५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
यसमा विश्वविद्यालयको छात्रवृत्ति पनि रहेको छ। हाम्रोमा कुल ६ सय विद्यार्थीहरुको कोटा रहेको छ। यो कोटा फूल हुने गरेको छ। एक्स्ट्रा एक्टिभिटिजका सिपहरु पनि हामीले प्रदान गर्ने गर्दछौँ।

१८, मेधावी कलेज शंखमुल नयाँ बानेश्वर काठमाडौं
बिबिएः चार वर्ष( आठ सेमेष्टर)
शुल्कः ५ लाख ५० हजार
बिएचएममा ६ लाख ५० हजार खर्च लाग्ने प्रिन्सिपल जयराम खनालले जानकारी दिए।
लिबर्टी कलेज, अनामनगर, काठमाडौं
बिबिएः चार वर्षे
शुल्कः ४ लाख ७७ हजार
बिएचएमः ४ लाख

१९,पाटन कलेज, कुपुन्डोल ललितपुर
युनिभर्सिटी अफ बेडफोर्डसिर, बेलायतबाट सम्बन्धन प्राप्त निम्न शंकायका अध्ययन यो कलेजमा हुन्छन् जसको शुल्क निम्नानुसार छः
बिबिए–बिए अनर्सः ३ वर्षे वार्षिक कोर्ष
शुल्कः आठ लाख
बिएससी(अनर्स) इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ
शुल्कः ९ लाख
२०,आइआइएमस कलेज
काठमाडौंको डिल्लीबजारमा पुतलीसडकमा रहेको यो कलेजमा युसीएसआई विश्वविद्यालयका कार्यक्रमहरु संचालन गरिरहेको छ। विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम संचालन गरी नेपालमै डिग्री दिने बताउने यो कलेजमा बिबिए, बिएचएम र एमबीएका कार्यक्रम संचालनमा रहेका छन्। जसको शुल्क र कार्यक्रम निम्नानुसार छन्ः
बिएचएम
शुल्कः ६ लाख
बिआइटी
शुल्कः ५ लाख ५० हजार
एमबीए
शुल्कः ३ लाख ५० हजार
२१,आइएसटी कलेज, ज्ञानेश्वर, काठमाडौं
होटल म्यानेजमेन्ट तथा पर्यटन व्यवस्थापन, अतिथी सत्कार सम्बन्धि मात्र अध्ययन हुने यो कलेजले युसिएलएएन विश्वाविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक उपाधि दिइरहेको छ।
चिनियाँ भाषाको अनिवार्य कक्षा रहेको यो कलेजमा होटल व्यवस्थापनमा स्नातकको शिक्षा दिँदै आएको छ।
बिएचएमः चार वर्षे
शुल्कः ६ लाख ९५ हजार

२२,मोडर्न नेपाल कलेज, सोह्रखुट्टे काठमाडौं
बिबिएः चार वर्षे (त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त)
शुल्कः ६ लाख २७ हजार ५ सय

२३,नर्भिक बिजनेश स्कुल,हात्तीसार काठमाडौं
बिबिएः चार वर्षे(पोखरा विश्वविद्यालय)
शुल्कः ५ लाख ३० हजार

२४,हेराल्ड कलेज, बिशालनगर काठमाडौं
बेलायतको युनिभर्सिटी अफ वल्भरह्याम्टनबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम चलाइरहेको यो कलेजमा अध्ययन हुने कार्यक्रम र शुल्क निम्नानुसार छः
बिएस्सी(अनर्स) कम्प्युटर साइन्स
शुल्कः कलेज शुल्क ४ लाख ५२ हजार
विश्वविद्यालय शुल्कः १ हजार ५ सय पाउन्ड
बिए(अनर्श) इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट
शुल्कः कलेज शुल्कः ३ लाख ८८ हजार
विश्वविद्यालय शुल्कः २ हजार पाउन्ड
२५,नेसनल कलेज, बालुवाटार काठमाडौं
यो कलेजमा ब्याचलर अफ सोसलसाइन्स, ब्याचलर अफ डेभलपमेन्ट फाइनान्स र ब्यचलर अफ डभलेपमेन्ट स्टडिजको अध्ययन हुन्छ। काठमाडौं विश्वविद्यालयबाट सम्बन्ध प्राप्त यो कलेजमा उपरोक्त कार्यक्रमको अध्ययन पुरा गर्न ६ लाख रुपैयाँ लाग्छ।

२६,डिएभी कलेज अफ म्यानेजमेन्ट, भनिमण्डल ललितपुर
बिबिए चारवर्षे( आठ सेमेष्टर) त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त
शुल्कः करिब सात लाख
बिबिएस(चार वर्षे)
शुल्कः करिब चार लाख

२७,किस्ट कलेज, कमलपोखरी
सम्बन्धनः त्रिभुवन विश्वविद्यालय, बिआइटी पुर्वान्चल
विषयः बिबिए, बिआइटी, बिबिएस, बिआइएम
अवधिः चार वर्ष (आठ सेमेस्टर)
शूल्कः
बिबिएः ७ लाख १० हजार
बिआइटीः ५ लाख ९५ हजार
बिआइएमः ५ लाख ७५ हजार
छात्रवृतिः कलेजले लिने प्रवेश परिक्षामा टप गर्ने तथा पिछडिएको क्षेत्रबाट गरी चार जनालाई
२८,टेक्सास इन्टरनेश्नल कलेज, मित्रपार्क
सम्बन्धनः त्रिभुवन विश्वविद्यालय
विषयः बिएससी.सिएसआइटी
अवधिः चार वर्ष (आठ सेमेस्टर)
शूल्कः
बिएससी.सिएसआइटीः ७ लाख ९० हजार
छात्रवृतिः ट्युसन शूल्क तर्फ +२ को परिक्षाफलको आधारमा ३० प्रतिशतसम्म, कलेजले लिने प्रवेश परिक्षाको आधारमा ६० तथा अन्र्र्तवार्तामा १० प्रतिशतसम्म छुट पाइने।
२९,अर्किड इन्टरनेसनल कलेज, गौशला
सम्बन्धनः त्रिभुवन विश्वविद्यालय
विषयः बिएससी.सिएसआइटी र बिआइएम
अवधिः चार वर्ष (आठ सेमेस्टर)
शूल्कः
बिएससी.सिएसआइटीः ७ लाख
बिआइएमः ५ लाख २० हजार
छात्रवृतिः ट्युसन शूल्क तर्फ +२ को परिक्षाफल तथा कलेजले लिने प्रवेश परिक्षामा ल्याएको अंकका आधारमा ५० प्रतिशतसम्म
३०,लर्ड बुद्ध एडुकेसन फाउण्डेसन, मैतीदेवी
सम्बन्धनः मलेसियाको एसिय प्यासिफिक विश्वविद्यालय
विषयः बिबिएम
अवधिः तीन वर्ष (६ सेमेस्टर)
शूल्कः
बिबिएमः ५ लाख ९४ हजार
छात्रवृतिः कलेजले लिने परिक्षामा उत्कृष्ट अंक ल्याउनेहरुलाई ५० देखि १०० प्रतिशतसम्म

३१,इस्लिङ्टन कलेज, कमलपोखरी
सम्बन्धनः बेलायतको लण्डन मेट्रोपोलिटन विश्वविद्यालय
विषयः बिएससी इन कम्युटर नेटवर्किङ एण्ड आइटी सेक्युरिटी, बिएससी इन कम्युटिङ, बिएससी इन मल्टिमिडिया टेक्नोलोजी
अवधिः तीन वर्ष (६ सेमेस्टर)
शूल्कः सबै विषयको दश लाख
बिआइएमः ५ लाख २० हजार
छात्रवृतिः हरेक विषयको जम्मा सिट संख्याको १० प्रतिशतलाई ५० देखि शतप्रतिशतसम्म, भर्ना भएका विधार्थीले पहिलो र दोश्रो वर्षमा ल्याएको परिक्षा अंकका आधारमा शत प्रतिशतसम्म र अन्तिम वर्ष अध्ययन सकाएर कलेज ‘टप’ गर्नेलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालय वार्षिक ३३ हजार पाउण्ड।

३२,युनिग्लोब कलेज
काठमाडौंकोनयाँबानेश्वरमा अवस्थित यो कलेजमा पोखरा विश्वविद्यालयका कार्यक्रमहरु संचालन भइ रहेको छ। यस कलेजले बिबिए, बिबिएबिआई, एमबिए, एमबिए फाइनान्स अध्यापन गराइरहेको छ। जसको शुल्क र कार्यक्रम निम्नानुसार छन्ः
एमबिए (२ वर्षे)
शुल्क –६ लाख ५० हजार
एमबिए फाइनान्स (२ वर्षे)
शुल्क –६ लाख ५० हजार
बिबिए(४ वर्षे )
शुल्क ७ लाख ४० हजार
बिबिए बिआई (४ वर्षे )
शुल्क ७ लाख ४० हजार

३३,के एण्ड के कलेज, नयाँ बानेश्वर
अमित तिवारी, सुपरभाइजरका अनुसार यस कलेजमा बिबिए, बिबिएस, बिएसडब्लु तथा बिए अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि उपयुक्त छ। बिबिए र बिबिएस चार वर्षे कोर्ष हो भने बिएसडब्लु र बिए तीन वर्षे कोर्ष हो।
बिबिएको लागि ६ लाख ५५ हजार, बिबिएसको १ लाख ६० हजार, बिएसडब्लुको १ लाख ७५ हजार र बिएको लागि १ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ। यसमा विद्यार्थीहरुको नतिजा, गरिब तथा दुर्गम जिल्लाकाका लागि छात्रवृत्तिको पनि व्यवस्था छ।

३४,एपेक्स कलेज, मध्य बानेश्वर
काठमाडौंको मुटु मध्य बानेश्वरमा अवस्थित यो कलेजमा पोखरा विश्वविद्यालयका कार्यक्रमहरु संचालन भइ रहेको छ। यस कलेजले बिबिए, बिबिए–बिआई, बिबिए–टिटि बिसिआईएस र एमबिए अध्यापन गराइरहेको छ। जसको शुल्क र कार्यक्रम निम्नानुसार छन्ः
बिबिए (४ वर्षे )
शुल्क ७ लाख २३ हजार
बिबिए बिआई (४ वर्षे )
शुल्क ७ लाख २३ हजार
बिबिए टिटि (४ वर्षे )
शुल्क ७ लाख २३ हजार
बिसिआईएस (४ बर्षे )
शुल्क ७ लाख ३९ हजार ५ सय
एमबिए (बिहानी ) २ वर्षे
३५,नेसनल कलेज अफ कम्प्युटर स्टडिज, पाङकजोल, काठमाडौं
बिएचएम, बिएससी सिएसआइटी, बिआइएम अध्यापन गराइन्छ। बिएचएमको शुल्क ५ लाख ६५ हजार, बिएससी सिएसआइटीको ६ लाख ८५ हजार र बिआइएमको ५ लाख ३५ हजार रुपैयाँ शुल्क तोकिएको छ।
३६, थेम्स कलेज, बत्तिस पुतली
२००३ सालमा स्थापना भएको राजधानीको बत्तिस पुतलीस्थित थेम्स कलेजमा टियु विश्वविद्यालयका कार्यक्रमहरु संचालन भइ रहेको छ। यस कलेजले बिबिए, बिएसडब्लु, बिआइएम र बिबिएस अध्यापन गराइरहेको छ। जसको शुल्क र कार्यक्रम निम्नानुसार छन्ः
बिबिए (४ वर्षे )
शुल्क ७ लाख ५८ हजार
बिआईएम (४ वर्षे )
शुल्क ७ लाख ५८ हजार
बिबिएस (४ वर्षे )
शुल्क २ लाख १५ हजार
बिएसडब्लु (३ वर्षे )
शुल्क ४ लाख ४३ हजार
३७, द ब्रिटिस्ट कलेज,थापाथली
राजधानीको थापाथली स्थित द ब्रिटिस्ट कलेजमा बेलाएतका विश्वविद्यालयका कार्यक्रमहरु संचालन भइ रहेको छ। यो कलेजमा बिबिए (हन्स) बिज्नेस एण्ड म्यानेज्मेन्ट, बिएससी(हन्स) कम्प्युटिङ, एमएससी–आइबिएम, एमबिए एक्जुकेटिभ, एसिसिए लगाएतका बिषय अध्यापन भइरहेको छ। यो कलेजमा बेलाएतको युनिभरसिटि अफ वेस्ट इङ्गल्याड र लिड्स विकेट युनिभरसिटीका कार्यक्रमहरु संचालन भइ रहेको छ। यो कलेजमा पढ्ने बिद्यार्थीको लागि रोजगारी र बिदेशमा पढ्ने अवसरको कुनै कठिनाई नहुने कलेजले जनाएको छ।
३८,प्रसादी एकेडेमी उच्च मावि, मानभवन, ललितपुर
विद्यार्थीलाई पढ्नका लागि न भौतिक-मानसिक दबाब दिइन्छ, न उपदेश नै। विद्यालय छिर्नेबित्तिकै उनीहरूलाई पढाइप्रति स्वत: उत्पे्ररति गर्न अभिमुखीकरण गरिन्छ। त्यस क्रममा पढेर के हुन्छ, किन पढ्नुपर्छ भन्नेबारे बताइन्छ। “विद्यार्थीलाई पढ भनेर कहिल्यै उपदेश दिँदैनौँ। पढेर के हुन्छ भनेर मात्रै बताइदिन्छौँ,” प्रसादी एकेडेमीका प्राचार्य कृष्णमंगल जोशी भन्छन्। शिक्षकले एक भरपर्दो मार्गदर्शक र साथीको भूमिका निर्वाह गरििदए पुग्ने उनको भनाइ छ।
चार वर्षदेखि निरन्तर सर्वोत्कृष्ट स्थानमा रहेको प्रसादीले आफूप्रतिको आकर्षणको बढी फाइदा उठाउन अटाई-नअटाई विद्यार्थी खाँदेको छैन। न त प्लस टुबाहेक अन्य शैक्षिक कार्यक्रम नै राखेको छ। ‘जति सक्छौ त्यति मात्रै भर्ना लेऊ, गुणस्तरमा सम्झौता नगर’ भन्ने नीतिबाट निर्देशित प्रसादीले भौतिक पूर्वाधार, शिक्षकको उपलब्धता र व्यवस्थापकीय सीमालाई ख्यालै नगरी विद्यार्थी हुल्ने परम्पराको विरोधीका रूपमा आफूलाई उभ्याएको छ। विद्यालय व्यवस्थापन प्रमुख विक्रम राई भन्छन्, “एकपल्ट राम्रो नतिजा आयो भनेर विद्यार्थी र शुल्क ह्वात्तै बढाएनौँ। सादगीपूर्ण तरकिाले जति सक्छौँ, त्यति गर्छौं।”
प्रसादीले पाठ्यक्रमकेन्दि्रत शैक्षिक गतिविधिबाहेक अतिरत्तिm क्रियाकलापका नाममा धेरै समय खर्चंदैन। विद्यार्थीलाई पढाइमै केन्दि्रत गर्न दसैँ, तिहार, जाडो, गर्मीजस्ता लामो समय बिदा दिने चलनमा पनि यो विद्यालय अपवाद छ। प्रसादीको अनुभवमा उच्च माध्यमिक शिक्षा परिषद्ले तोकेको पाठ्यक्रम र आफैँले बनाएको शैक्षिक पात्रोमा बाँधिएर वर्षभरकिा सबै दिन पढाउँदा पनि समय अपुग हुने अवस्थामा छ। त्यसैले विद्यार्थीको उच्च शिक्षाको आधार तयार गर्न बढीभन्दा बढी पढाइमै जोड गर्नुपरेको राई बताउँछन्। कक्षाकार्य र अभ्यासकेन्दि्रत अध्यापनमा जोड दिने प्रसादीले ५० मिनेटको हरेक कक्षालाई ३० मिनेट अध्यापन र २० मिनेट अभ्यास गराउने शैक्षिक विधि अनाउँछ। प्राणीशास्त्र, अर्थशास्त्रजस्ता विद्यार्थीले गाह्रो महसुस गरेका विषयका कार्यपुस्ितका बनाएर त्यसैमा अभ्यास गराउँछ। यसले गर्दा उसको नतिजा सबैजसो शैक्षिक सत्रमा स्थिर बनेको छ। र, उसको विद्यार्थी उत्तीर्णदर ९५ प्रतिशतभन्दा तल झरेको छैन।
४०,सेन्टमेरिज उच्च मावि, जावलाखेल, ललितपुर
कुनै विद्यार्थी एकदिन मात्रै अनुपस्थित हुँदा विद्यालयले घरमा फोन गरेर सोधपुछ गर्छ। नियमित शिक्षक बैठक र तालिम हुन्छ। पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा विद्यार्थीको शैक्षिकस्तर मापन गरिन्छ र कमजोर विद्यार्थीलाई विशेष ध्यान दिइन्छ। शनिबारबाहेक अरू बिदाले विद्यालयको शैक्षिक पात्रोमा स्थान पाउँदैनन्। नियमित रूपमा परीक्षा, मूल्यांकन र कक्षा सञ्चालनको सुपरीवेक्षणले शिक्षक र विद्यार्थीलाई हरेक पाइलामा सतर्क गराइरहेको हुन्छ। सेन्टमेरजिको उत्कृष्ट नतिजापछाडिका प्रमुख आधार हुन् यी।
‘भ्यालु एजुकेसन’ अर्थात् मूल्यमा आधारति शिक्षाको मूल नारा बोकेको यो विद्यालय नैतिक र कर्तव्यनिष्ठ नागरकि तयार गर्ने उद्देश्यबाट सञ्चालित छ। सुविधासम्पन्न र उत्कृष्ट नतिजा भएको एक मात्रै छात्रा उच्च मावि सेन्टमेरजि क्रिस्िचयन मिसिनरी अन्तर्गत सञ्चालित छ। प्लस टु तहमा आफ्नै विद्यालयका एसएलसी उत्तीर्णलाई प्राथमिकता दिने भएकाले बाहिरका विद्यार्थीले यहाँ सहज पहुँच भने पाउँदैनन्।
दुईतिहाइ शिक्षक महिला नै रहेको यस छात्रा विद्यालयले नारी सशक्तीकरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गररिहेको बताउँछिन्, प्राचार्य सिस्टर मारििलन सीजे। भन्छिन्, “समाजमा कसरी बाँच्ने भनेर हामी सिकाउँछौँ र हामीले पढाएका हरेक विद्यार्थी समाजमा अलग्गै चिनिन्छन्।” अनुशासनकै आधारमा आफ्ना उत्पादनलाई संसारको जुनसुकै ठाउँ र परविेशमा छुट्याउन सक्ने दाबी पनि गर्छिन् उनी।
४१, काठमाडौँ मोडल उच्च मावि, बागबजार, काठमाडौँ
उच्च माध्यमिक शिक्षा परिषद्ले विज्ञान विषयका लागि साप्ताहिक रूपमा छवटा पिरयिड सञ्चालन गर्नुपर्ने न्यूनतम पाठ्यभार तोकेको छ। तर, मोडलका विद्यार्थीले नौ पिरयिडसम्म पढ्छन्। यसबाहेक सातामा दुईवटा प्रयोगात्मक कक्षा हुन्छन्। व्यवस्थापनका विषयहरू पनि दैनिक पाँच घन्टी पढाए पुग्ने परिषद्को मापदण्डभन्दा माथि उठेर यहाँ छ पिरयिड पढाइन्छ। बिदा सकेसम्म कम गर्ने नीति छ। प्राचार्य रामेश्वर अर्यालका भनाइमा, परिषद्ले तोकेभन्दा २० प्रतिशत बढी समय अध्यापन हुन्छ यहाँ।
पढ्न, जान्न र उत्तीर्ण हुन पाउने विद्यार्थीको अधिकार हो भन्ने मान्यतामा हरेक शिक्षकलाई प्रतिबद्ध गराइन्छ। त्यही मान्यता अनुसार, बिदाको समयमा समेत विद्यार्थीले शिक्षककहाँ आफ्ना समस्या राख्न सक्ने परपिाटी विकास गरिएको छ। परिषद्ले तोकेको पाठ्यक्रम बढी सैद्धान्तिक भए पनि त्यसलाई प्रयोगात्मक र अन्तरक्रियात्मक शैलीबाट लागू गर्नु विद्यालयको दायित्व रहेको यस विद्यालयको निष्कर्ष छ।
विश्वविद्यालयमा लामो समय प्राज्ञिक अभ्यासमा खारिएका व्यक्तिहरूबाटै सञ्चालित भएकाले परिषद्ले ल्याउने नयाँनयाँ नीति, कार्यक्रम र विषयवस्तुको परविर्तन चाँडोभन्दा चाँडो आत्मसात् गर्न सकिएको व्यवस्थापनको अनुभव छ। नयाँ विषय र प्रविधिबारे आफ्ना शिक्षकलाई अद्यावधिक गराउन बेलाबेलामा विषयगत विशेषज्ञ बोलाएर प्रशिक्षित पनि गराइन्छ यहाँ, जो विद्यालयको नतिजामा प्रतिविम्बित हुँदै आएको छ। विद्यालय, उच्च माध्यमिक र क्याम्पस तहका विभिन्न कार्यक्रमसहित पाँचवटा शैक्षिक संस्था सञ्चालनको अनुभवका आधारमा यसले अनेक कार्यक्रम, सफल व्यवस्थापनको परचिय बनाएको छ।
४२,मेरिल्यान्ड उच्च मावि, विराटनगर, मोरङ
छात्रालाई ६० प्रशिशत कोटा छुट्याउने र कडा अनुशासनका लागि पूर्वी नेपालमै चर्चित छ, यो उच्च मावि। त्यति मात्र होइन, पाठ्यपुस्तकका नाममा विद्यार्थीले एक रुपियाँ पनि खर्चनु पर्दैन। सबै पुस्तकालयबाटै उपलब्ध गराइन्छ। नियमित कक्षाबाहेक साँझपख नि:शुल्क अतिरत्तिm कक्षाको व्यवस्था पनि छ। विद्यार्थीलाई बाहिरका ट्युसन सेन्टरहरूमा जान निषेध गरिएको छ। यिनै विशेषताका कारण मेरल्ियान्डले उच्च माविहरूको भीडमा अलग पहिचान बनाएको छ र नतिजामा पनि खरो उत्रिँदै आएको छ।
विद्यार्थीलाई विषयगत शिक्षकले विशेष रूपमा सूक्ष्म निगरानी गर्छन्। विद्यार्थीकै क्षमताका आधारमा विषयहरूमा केन्दि्रत गरी अध्यापन गराइन्छ। कक्षामा समूह विभाजन गरेर छलफल गराउने, विषयगत रूपमा समयसमयमा सेमिमार गर्ने, कुनै विषयबारे विद्यार्थीबाट प्रतिवेदन प्रस्तुति र त्यसमा छलफल गर्ने शैली पनि अपनाइन्छ। यसबाहेक बैँक, वित्तीय संस्था र उद्योगहरूमा स्थलगत भ्रमणका साथै बजार अध्ययनमा समेत विद्यार्थीलाई पठाउने गरिएको सहप्राचार्य भेषराज पोखरेल बताउँछन्।
विद्यालयमा मोबाइल बोक्न निषेध छ। पर्समा दुई सयभन्दा बढी रुपियाँ बोक्न पाइँदैन। विद्यार्थीलाई अनुशासनमा राख्न यस्ता ११ बुँदे नियम कडाइका साथ कार्यान्वयन गरिएको छ। उल्लंघन गर्नेलाई दुई सयदेखि पाँच सय रुपियाँसम्म जरविाना गरिन्छ। सामाजिक दायित्व अन्तर्गत अपांगका लागि मासिक तीन सय रुपियाँ मात्रै शुल्क तोकिएको छ। मेरिल्यान्डले अन्य सामाजिक संघसंस्थाको सिफारसिमा पनि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।
४३,युनाइटेड एकेडेमी उच्च मावि, कुमारीपाटी, ललितपुर
‘अनुशासन र स्तरीय शिक्षा !’ युनाइटेड एकेडेमीको बटमलाइन हो यो र यही नै हो पहिचान पनि। शिक्षकले नियमित गृहकार्य दिन्छन्। विद्यार्थीले अनिवार्य रूपमा गृहकार्य गर्नुपर्छ र नोटबुक बनाउनुपर्छ। प्रत्येक विषयका अलग्गै विभाग छन्। विभागीय सदस्यहरूले सामूहिक छलफलबाट सूक्ष्म तालिका बनाएका छन्, जसमा विषयवस्तु, शिक्षण विधि र समयका बारेमा स्पष्ट किटान गरिएको छ। त्यसै आधारमा शिक्षकले पनि पूर्ण तयारीका साथ कक्षामा प्रस्तुत हुनुपर्छ।
पहिलो एकाइ परीक्षाबाट कमजोर विद्यार्थी पहिचान गरिन्छ। तीमध्ये बिहानी कक्षाका विद्यार्थी भए दिउँसोमा र दिउँसोकालाई बिहान अतिरत्तिm कक्षा लिइन्छ। शैक्षिक वातावरण कायम राख्नका लागि विद्यालयले कडा अनुशासनका दायरा कोरििदएको छ। मोबाइल, आइपड, मोटरसाइकल, उत्तेजक पहिरन, सौन्दर्य प्रशाधन, छात्रलाई तोकिएभन्दा लामो कपाल र छात्रालाई छोटो कपाल बन्देज गरिएको छ। पोसाकबाहेक जुत्ता र झोलामा समेत विद्यालयको लोगो अनिवार्य छ। विद्यार्थीका समस्या बुझ्न र समाधान खोज्न परामर्श विभाग छ। त्यसैले विद्यार्थीका समस्यालाई वैयक्तिक रूपमा पनि समाधानको पहल विद्यालयका तर्फबाट हुन्छ। यी सबै प्रयासको परिणामस्वरूप उत्कृष्ट उच्च माविहरूको लहरमा यो विद्यालय पर्दै आएको छ। एकीकृत शिक्षाको अवधारणा अनुरूप तल्लो तहदेखि विश्वविद्यालय शिक्षाका कार्यक्रमसमेत सञ्चालन गररिहेको युनाइटेड एकेडेमी शिक्षाको धर्म, मर्म र उद्देश्य अनुरूप अघि बढिरहेको संयोजक वसन्त नेपाली बताउँछन्।
४४,नेसनल स्कुल अफ साइन्सेज -निस्ट), लैनचौर, काठमाडौँ
वर्षमा दुईवटा एकाइ परीक्षा, तीनवटा त्रैमासिक र दुईदेखि तीनवटा पुन:परीक्षा हुन्छन्, निस्टमा। ती सबै परीक्षाका उत्तरपुस्ितका विद्यार्थीले हेर्न पाउँछन्। र, परीक्षामा गरेको भूल वा त्रुटिका आधारमा हरेक विद्यार्थीले आगामी दिनमा के-कस्तो सुधार गर्नुपर्ने हो भन्ने आफैँले मनन गर्छन्। यस विधिले विद्यार्थीलाई निरन्तर पढाइप्रति जिम्मेवार बनाउने गरेको अनुभव निस्टकी सहप्राचार्य प्रणेता शर्माको छ।
चिकित्सा र इन्जिनियरङि्का क्षेत्रमा हुने प्रवेश परीक्षा वा छात्रवृत्ति छनोटका लागि हुने प्रतिस्पर्धामा धेरै विद्यार्थी यहीँबाट पर्ने गरेका छन्। शिक्षक र विद्यार्थीबीचको अन्तरक्रिया र सम्बन्धलाई सहज बनाउन व्यवस्थापनको निरन्तर प्रयास रहन्छ। विद्यार्थीको प्रगतिप्रति अभिभावकलाई पनि उत्तिकै जिम्मेवार बनाउनुपर्ने भएकाले विद्यालय-अभिभावकको निरन्तर सम्पर्क र सम्बन्धमा जोड दिने गरेको सहप्राचार्य शर्मा बताउँछिन्।
विज्ञान संकायमा विशिष्ट पहिचान राखेको यस विद्यालयले केही वर्षयता व्यवस्थापनसमेत पढाउन थालेको छ। विज्ञानका अतिरत्तिm गणित विषय लिएर प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका र प्रवेश परीक्षाबाट छानिएका विद्यार्थी मात्रै भर्ना गर्छ। ७५ वटै जिल्लाका विद्यार्थी भेला हुने निस्टमा विद्यार्थीको अन्तरसांस्कृतिक सम्बन्ध र भौगोलिक विविधताको रमाइलो दृश्यसमेत देख्न सकिन्छ। आधुनिक विज्ञान प्रयोगशाला र सुविधासम्पन्न पुस्तकालय यस विद्यालयका अन्य आकर्षण हुन्। “विद्यार्थीबीच प्रतिस्पर्धात्मक वातावरण बताउन र सिर्जनात्मक क्षमता प्रवर्द्धन गर्नमै हाम्रो ध्यान केन्दि्रत हुन्छ,” सहप्राचार्य शर्मा भन्छिन्, “गुणस्तरमा हामी सम्झौता गर्दैनौँ।”
४५, सगरमाथा उच्च मावि, पोखरा
विद्यालय सञ्चालकहरूले नै दत्तचित्त भएर पढाएपछि सफलता टाढा छैन भन्ने उदाहरण हो, पोखराको सगरमाथा उच्च मावि। नयाँबजारस्थित यस विद्यालयका सञ्चालकहरू नियमित रूपमा कक्षाकोठा धाउँछन्। सबै सञ्चालकले अन्य शिक्षकसरह साताको १८ घन्टी पढाउँछन्। प्राचार्यले पनि पूर्णकालीनसरह पढाउँछन्।
भव्य महल, ठूला बोर्डमा विज्ञापन र अन्य तडकभडक छैन। बाहिरबाट हेर्दा छरपस्ट टिनका टहराझैँ देखिन्छ, विद्यालय भवन। तर, भित्र पसेपछि फरक वातावरण पाइन्छ। प्रयोगशाला, पुस्तकालय र अरू पूर्वाधार पनि कमी हुन दिएको छैन, व्यवस्थापनले।
जतिबेला उच्च मावि खोल्ने लहर देशव्यापी बन्दै थियो, त्यतिबेलै यो विद्यालय खुलेको थियो। सुरुकै वर्ष यसले ७४ प्रतिशत विद्यार्थी उत्तीर्ण गरायो। त्यो पनि सबै प्रथम श्रेणीमा। केही त विशिष्ट श्रेणीमा पनि परेका थिए। त्यसयता सगरमाथाले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन। राम्रो अंक ल्याएर अधिकांश विद्यार्थी उत्तीर्ण हुन थालेपछि यो उच्च मावि पोखरा आसपासका एसएलसी पास गरेका विद्यार्थीको केन्द्र नै बन्न थालेको छ। सामूहिक भावनालाई नै विद्यालयको सफलताको मुख्य कडी मान्छन् प्राचार्य गणेशबहादुर थापा। भन्छन्, “अनुशासन र नैतिक शिक्षामा पनि जोड दिने पक्ष सफलताको अर्को मुख्य पाटो हो, जो कडाइका साथ पालना गराइन्छ।”
४६,कलेज अफ बिजनेस एन्ड सोसल स्टडिज उच्च मावि -कोबास), विराटनगर, मोरङ
हरेक दिन कुनै न कुनै विषयको जाँच लिने र साप्ताहिक रूपमा पनि नियमित परीक्षा लिने यस उच्च माविको प्रचलनले विद्यार्थीमा परीक्षाप्रति आत्मविश्वास जगाउँछ। विद्यार्थीलाई व्यावहारकि ज्ञान दिलाउनका लागि विज्ञान र कम्प्युटर प्रयोगशाला, स्थलगत अध्ययनसमेत अध्यापनको अंग बनेका छन्। ३७ वर्ष अध्यापनमा बिताएकादेखि नयाँ पुस्ताका शिक्षकसमेत रहेकाले अध्यापन सहज र उपलब्धिपूर्ण रहेको छ। यही परचिय हो, कोबासको। यसका प्रमुख यादवराज कोइराला भन्छन्, “व्यवस्थापन विषयका लागि यो नै महत्त्वपूर्ण र आधारभूत कक्षा भएकाले विद्यार्थीलाई भावी शैक्षिक र व्यावसायिक जीवनको बलियो आधार प्रदान गर्न हाम्रो सम्पूर्ण जोडबल रहन्छ। त्यही भएर पनि पूर्वाञ्चलका विद्यार्थीहरूको रोजाइमा यो विद्यालय पर्दै आएको छ।
साढे ११ कट्ठा जग्गा लामो समयका लागि भाडामा लिएर आफ्नै चारवटा भवन बनाएको कोबासमा नयाँ शिक्षक भर्नाका लागि विषयगत विभाग प्रमुखलाई पूर्ण अधिकार दिइएको छ। कोइरालाका अनुसार पारविारकि वातावरणजस्तै शिक्षक र विद्यार्थीबीच खुलेर छलफल गरिन्छ। विद्यार्थीलाई सम्बन्धित विषयबारे निर्धक्कसँग बुझ्न पाउने अवसर प्रदान गरिन्छ। नियमितबाहेक अतिरत्तिm कक्षा नि:शुल्क रूपमा सञ्चालन गरिन्छ। ‘स्मार्ट कक्षा’ पनि सञ्चालन हुँदै आएको छ, जस अनुसार ४० जना विद्यार्थीलाई एकसाथ राखेर कम्प्युटर प्रविधिबाट अध्यापन गराइन्छ। त्यसैले कोबासमा प्रवेश गर्ने विद्यार्थीले पढाइप्रति सधैँ उत्तिकै उत्साह र जाँगर देखाउने गरेको कोइरालाको भनाइ छ।
४७,लिटिल एन्जल्स उच्च मावि, हात्तीवन, ललितपुर
२ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको यस विद्यालयले प्लस टुलाई मात्रै २५ रोपनी जमिन छुट्याएको छ। पुस्तकालय, चारवटा विज्ञान प्रयोगशाला, साना-ठूला गरी छवटा बहुउद्देश्यीय हल, खेल मैदान र पौडी पोखरी, एक विद्यालर्थीका लागि एक कुुर्सी र बेन्च। यी उसका अन्य संरचनागत विशेषता हुन्। ठूलो क्षेत्रफल र पर्याप्त भाैतिक पूर्वाधारका लागि नमुना विद्यालय भन्न सकिन्छ, लिटिल एन्जल्सलाई। शान्त वातावरण र संरचनागत भव्यतासँगै यसले नतिजामा पनि आफ्नो उचाइ निरन्तर कायम गर्न सकेको छ। प्राथमिक र माध्यमिक विद्यालयसँगै जोडिएको यस उच्च माविले विद्यालय परसिरभित्रै सुविधासम्पन्न छात्राबास बनाएको छ, जहाँ दुई सय विद्यार्थी अट्छन्।
यहाँ उपत्यकाभित्र र बाहिरका विद्यार्थीको आधा-आधा हिस्सा छ। लिटिल एन्जल्समै एसएलसी गरेका ४० प्रतिशत र अन्य विद्यालयका ६० प्रतिशत विद्यार्थी प्लस टु पढ्न यहाँ आइपुग्छन्। यहीँबाट हरेक वर्ष करबि छ सय विद्यार्थीले एसएलसी उत्तीर्ण गर्छन्। प्ल टु सकेपछि एक चौथाइ विद्यार्थी विदेश पढ्न जाने गरेको अनुभव विद्यालय प्रशासनको छ। केही वर्षअघि यो प्रवृत्ति अझ बढी थियो। प्राचार्य कर्ण थापाको विश्लेषणमा अहिले मुलुकभित्र चिकित्सा, इन्जिनियरङि्, व्यवसायको क्षेत्रमा अध्ययन र कामको अवसर बढेकाले स्वदेशमै रहने उच्च माध्यमिक शिक्षाबाट दीक्षित समूहको आकार बढेको छ।
यी हुन अन्य उत्कष्ठ कलेज:
हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज,
काठमाडौं बर्नहार्ट कलेज,
मोर्गन कलेज,
आमेगा कलेज,
पेण्टागन कलेज,
पिनाकल कलेज,
प्रिमियर कलेज,
द न्यु समिट कलेज,
ट्रिनिटी कलेज


प्रतिक्रिया दिनुहोस्