काठमाडौं । २०८१ सालको कार्तिक १८ गते आइतवार भाइटीका परेको छ । यस दिन शुभ साइतमा दाजूभाईहरू पूर्व या पश्चिम तर्फ बस्ने र दिदीबहिनीहरू पूर्व या पश्चिम तर्फ भई दाजूभाईहरूलाई टिका लगाई दिदी बहिनीले दाजुभाईलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा माला पहिराउने परम्परा रहेको छ ।
यस साल भाई टिकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा छ । भाइटीका लगाएपछि यमपञ्चक सहित नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सकिन्छ । यद्यपी भाइटीकाको दिन दिनभरि नै राम्रो साइत भएकाले आफ्नो अनुकुल समयमा लगाउन सकिन्छ । स्रोत : हाम्रोपात्रो ।
भाई टिका दिनभरि लगाउन सकिन्छ, उत्तम साइत ११:३७

प्रतिक्रिया दिनुहोस्