ताप्लेजुङ जिल्लाको पाथिभरा याङ्वरक गाउँपालिकाले जिल्लाकै समृद्ध पालिका बन्ने योजना बनाएको पालिका अध्यक्ष केशर कुमार मेन्याङबोले बाताउनु भयो ।
उहाका अनुसार केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्पन्न भै सकेको छ भने सबै वडामा सुबिधा सम्पन्न अस्पतालको ब्यवस्था गरि सकेको छ ।
त्यस्तै नगरपालिकाले एक घर एक धारा को रणनीति लागू गरि खानेपानीको ब्यस्था पनि गरि सकेको छ ।
बिधुतिय सेवा सबै नगर बासीमा पुगिसकेको छ भने शैक्षिक क्षेत्रको बिकासको लागी प्राबिधिक शिक्षामा जोड र सुबिधा सम्मपन्न बिधालय भवनको निर्माण गरेको छ । कृषी तथा पशुपालन को लागि मौरिपालन कफि खेती गाइपालन तथा किसान हरु लाई बिना धितो र बिना ब्याज ऋण दिने जस्ता काम हरु पालिकाले थालेको छ ।
कोरोनाको बेलामा उदाहरणिय काम गरेको पालिकाले मास्क, सेनिटाइजरको बितरण राहात सामग्रीको उप्लब्धता ,आर डि टि , पिसिआर टेस्ट आदि कामहरु गरि कोरोना भाइरसलाइ नियन्त्रणमा लिएको थियो।
भावी दिनमा यी लागायत यस्तै बिकास र समृद्धि तर्फका कामहरु पालिकाले अगाडि बढाउने मेन्याङबोले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्