मादी नगरपालिकामा विकासको गति

मादी नगरपालिकामा विकासको गति

बाबुराम ओली
माघ ६,संखुवासभा ।
स्थानीय सरकारको गठन भएसँगै संखुवासभा जिल्लाको मादी नगरपालिकामा विकास निर्माणका कामहरुले तिव्र रुपमा फडको मारीरहेका छन् ।
नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रहरुलाई विशेष प्राथमिकता दिएर कामहरु भइरहहेका छन् । स्थानीय सरकारको आगमन हुनु भन्दा पहिले कतिपय विद्यालयका संरचनाहरु जिण अवस्थामा, शिक्षक तलबकको लागि अभिभावकहरुले आफनै खल्तीबाट व्यवस्था गनुपर्ने अवस्थाहरु रहेको थियो तसर्थ यस्ता थुप्रै समस्याहरुबाट मुक्त पार्नको लागि विद्यालय भवन निर्माण, विषयगत शिक्षकको व्यवस्था, विद्यालयमा सफा खानेपानी , शौचालयको व्यवस्था र शिक्षक तलबको लागि नगरपालिकाबाट उपलब्ध भएसँगै पठनपाठनमा नकै सहजता पैदा भइरहेको मादी नगरपालिकाका नगर प्रमुख बिदुर कुमार लिंथेपले बताउनु भयो । उहाँका अनुसार अझ शिक्षालाई प्रभावकारी मुलक बनाउनको निम्ती प्राविधिक कक्षा सञ्चालनको लागि थुपै्र कामहरु भइरहेका छन् ।
कृषिलाई निर्वाह मुखि सँगसंगै व्यवसायी मुलक बनाउनु पर्ने उद्देश्यका साथ प्रत्येक वडाहरुमा पश्ु डक्टरहरुको व्यवस्था, प्रत्येक वडाहरुलाई पकेट क्षेत्र बनाएर विउ, मल, औषधीका टयाङकी, हाते टयाक्टर, लगायतका सामाग्रीको वितरण भइरहेका छन् भने स्थानीय सरकार आउनु भन्दा कृषी व्यवसायीको लागि २,३ वटा फमको दर्ता भएको तर नयाँ सरकारको आगमन सँगै लगभग ५० देखि ५५ सम्म कृषि फम दर्ता भएको नगर प्रमुख लिंथेपको दावी रहेको छ जस्ले गर्दा कृषि उत्पादन फस्टयाउदै गइरहेको छ तसर्थ स्थानीय बासीहरु उत्साहीत भएका छन् ।
नगरपालिकाका सम्पूर्ण बासीहरुमा स्वास्थ्यको पहुँच पुर्याउनको लागि १५ सैयाको अस्पताल र प्रत्येक वडाहरुमा स्वास्थ्य एकाईको निर्माण पनि भइरहेका छन् । साथै औषधीको उपलब्धता, एम्बुलेन्सको उपलबधताु अनुभवी डाक्टरहरुको व्यवस्था भएका कारण केही उपचारको लागि टाढाटाढा जानुपर्ने अवस्था हराउदै गइरहेको छ । लामो दुरिको पैदल यात्रालाई रोक्नको लागि सम्पूर्ण वडाहरुमा व्यवस्थित रुपमा सडक निर्माण र केही सडक कालोपत्रे गर्ने काम भइरहेका छन् । विद्युत जोखिमलाई मुक्त पार्नको लागि काठका पोलहरु हटाएर फलामे पोल राखेको र समपूर्ण वडाहरुका घरघरमा विद्युत पुर्याएको कुनै बाँकी रहेका घरहरुमा पुर्याउने योजना बनाएको नगरपालिकाका नगर प्रमुख लिंथेपले बताउनु भयो । सो क्षेत्र पर्यटकीय हिसाबले निकै महत्तपूर्ण क्षेत्र रहेको छ । तसर्थ, पर्यटन सम्बन्धी मठमन्दिर, पार्क, फुलबारी निर्माणकोे लागि बजेट विनीयोजन गरि कामहरु अघि बढिरहेका छन् । कोभिडको समयमा आइसोलेसनमा रहेका करिब ४०० देखि ५०० सम्पूर्ण व्यक्तिहरुबाट आएको खर्च नगरपालिकाले भुक्तानी गरेको र अहिले पनी यसतो व्यवस्था भइरहेको लिंदेपले बताउनु भयो ।
लगभग २ बर्षीय कोभिडको झनजटमा परेर विकास निर्माणका थुपै्र कामहरुमा बाधा पुर्याएको नगर प्रमुखको भनाइ रहेको छ । समग्रमा, सो नगरपालिकालाई नियालेर हेर्ने हो भने अब छिट्टै विकसित नगरपालिका बन्ने अनुमान लगाउन सकिन्छ ।
यी सम्पूर्ण विकासका कामहरु गर्दा जनताबाट अविस्मरणीय साथ पाएको र बाँकी रहेका विकासका कामहरु निर्माण गर्न योजना बनाइ रहेको नगरपालिकाका नगर प्रमुख बिदुर कुमार लिंथेपले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्