कविता पोखरेल ।
जनप्रतिनिधिको आगमन सँगै संखुवासभाको खादबारी नगरपालिकाले समृद्धि तर्फको यात्रालाई अगाडि बाढाएको छ ।
नगरपालिकाले शिक्षा ,स्वास्थ ,कृषि ,सडक लगायतका क्षेत्रमा उल्लेखनिय काम गरिरहेको नगरपालिकाक मेयर मुरारी प्रसाद खतिवडाले बताउनु भयो । बिगतमा नगरका केही ठाउमा मात्रै यातायातको सुबिधा पुगेको यस नगरपालिकामा अहिले सबै वडाहरुमा यातायातको सुबिधा पुगेको छ । नगरबासीलाई खानेपानीको सुविधाको लागी एक घर एक धाराको अभियान मार्फत सबै टोलटोलमा खानेपानिको सुविधा पुर्याइएको छ । शैक्षिक क्षेत्रको बिकासको लागि पालिकाले आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण तथा प्राबिधिक एबम गुणस्तरिय शिक्षामा जोड दिएको छ।
कृषि तथा पशुपालनको लागि किसानहरुलाई अनुदानको ब्यवस्था तथा सिचाइ कुलोको निर्माण तथा बीउ बिजन वितरण जस्ता कामहरु नगरपालिकाले गरिरहेको छ । आगामी दिनहरुमा कोरोना महामारीको असरलाइृ कम गर्दै बिकास र समृद्धि तर्फका कामहरु नगरले अगाडि बढाउने मेयर खतिवडाले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्