माघ १५, भोजपुर ।
आमचोक गाउँपालिकामा विकासको लहर छाएको छ ।
स्थानीय सरकारको आगमन सँगै स्थानीय तहहरुमा विकासको गतिले फडको मारीरहेको छ । त्यस्ता थुप्रै विकासमा फडको मार्ने स्थानीय तहहरु मध्ये भोजपुर जिल्लाको आमचोक गाउँपालिका रहेको छ ।
गाउँपालिकामा शिक्षा,स्वास्थ्य खानेपानी,सडक र पर्यटन जस्ता अतिआवश्यक विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ ।
भौतिक पुर्वधारका कच्चि सडकलाई मर्मत गर्ने काम भइरहेको छ । जस्ले गर्दा लामो दुरीको पैदल यात्रा मुक्त हुदै गइरहेको छ । सो क्षेत्रका प्रत्येक वडाहरुमा सडक पुर्याउने लक्ष्यका साथ काम भइरहेका भोजपुर जिल्ला आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईले बताउनु भयो । स्थानीय बासीहरुमा शुद्ध खानेपानी पुर्याउनको लागि १ घर १ धारा अभियान चलिरहेको छ भने मिटर सिस्टम पनी जडान गर्ने काम पनी भइरहेको छ । यी सम्पूर्ण कामहरु भइरहँदा केही घरहरुमा खानेपानीको समस्या मुक्त हुन सकेको छैन अवकोे केही समयमा तीे घरहरुमा शुद्ध खानेपानी पुर्याउनको लागि निरनतर काम सुरु भइरहेको अध्यक्ष राईको भनाइ रहको छ ।
शिक्षामा गुणस्तरता ल्याउनको लागि थुप्रै प्रयासका कामहरु भइरहेका छन् । शिक्षामा आमुल परिवर्तनको लागि विद्याल्यहरको निर्माण, विषयगत शिक्षकको व्यवस्था, प्रयाप्त मात्रामा पाठय्पुस्तकको उपलब्धता लगायतका थुप्रै व्यवस्थाले गर्दा सो क्षेत्र विकसीत बन्दै गइरहेका देख्न सकिन्छ । केही हदसम्म स्वास्थ्य सेवा स्थानीय बासी समक्ष पुर्यायनको लागि प्रत्येक वडाहरुमा स्वास्थ्य चौकीको निर्माण, १० सैयाको अस्पताल र २ वाहेक प्रत्ये वडामा वर्थिङ सेन्टरको निर्माण काम भइरहेका छन् भने यी २ वटा वडाहरुमा पनि वर्थिङ सेन्टर पुर्याउनको लागि पहल पनि भइरहेको छ । कृषिलाई निर्वाह मुखि मात्र नभइ व्यवसायी मुलक ढंगले अगाडि बढाउनको लागि धेरै लगान िलगाएको राईले बताउनु भयो । उहाँका अनुसार टिमुर,चिया,कफी जस्ता लोपउन्मुख खेतीलाई विशेष प्राथमीकता दिदै नर्सरिहरुको व्यवस्था पनी भइरहेका छन् । अध्याँरो अवस्थालाई मुक्त पार्नको लागि विद्युत पुर्याउने काम पनि भइरहेको अध्यक्ष राईको भनाइ रहेको छ ।
गाउँपालिकामा रहेर यी सम्पुर्ण कामहरु भइरहदाँ स्थानीयहरुले नीकै साथ दिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनु भयो ।
कोभिडले गर्दा सोचेजस्तो विकासका कामहरु नभएतापनी बाँकी रहेका कामहरुलाई पुरा गर्नको लागि निरन्तर अघि बढिरहेको उहाँको भनाइ रहेका छ ।
प्रतिक्रिया दिनुहोस्