सहरे, दोलखा । तामाकोशी गाउँपालिका–६, च्यामामा अवस्थित ऐतिहासिक गढी लामो समय छायामा परेको अवस्थामा पुनः आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। अंग्रेज र नेपालबीचको युद्धका बेला सुरक्षाको प्रमुख आधार रहेका यस गढीले अहिले तामाकोशी गाउँपालिकामा घुम्नका लागि मुख्य स्थानको पहिचान बनाएको छ ।

गत कार्तिक २५ गते, नेपाली सेनाले गढीको प्रवर्द्धन तथा संरक्षणका लागि सरसफाईजस्ता विविध कार्यक्रम आयोजना गरेको थियो। सो कार्यमा गाउँपालिका उपाध्यक्ष सिर्जना खड्का सुवेदीले आवश्यक समन्वय तथा सहजीकरण गर्नुभएको थियो । यस अभियानसँगै स्थानीय सरकार र नेपाली सेनाको सहकार्यले ऐतिहासिक तथा पर्यटकीय महत्त्वका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा नयाँ आशा सञ्चार गरेको छ।





प्रतिक्रिया दिनुहोस्