थप१२ हजार ८ जनामा कोभिड १९ संक्रमण पुष्टि

थप१२ हजार ८ जनामा कोभिड १९ संक्रमण पुष्टि

माघ ११, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ भने ८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ६७ पुगेको छ ।

देशभर गरिएको १८ हजार १ सय ३ पिसिआर परिक्षणका क्रममा ९ हजार ४ सय ३२ जना र ७ हजार ८ सय ६ एन्टीजेन परिक्षणका क्रममा २ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ३ हजार ४० संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २७ हजार २ सय ७९ संक्रमित निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्