फाइनान्सियल फ्रिडम बन्ने कि टाटपल्टिने : तपाईको विचार

फाइनान्सियल फ्रिडम बन्ने कि टाटपल्टिने : तपाईको विचार

सानुबाबु सिलवाल/हाल अमेरिका

म्याक्सिमम प्रति ब्यक्ति ५ हजार र फेमिलि भए १० हजार डलर भए पुग्छ अपर्झट वा आपतकालिन वा भैपरी आउन सक्ने सेभिङ्ग क्यास खर्चबर्च रकम अमेरिकामा। यो भन्दा बढि रकम घरमा वा बैङ्क खातामा डम्पिङ गरिराख्नु भएको छ भने तपाइ फानान्सियल्लि स्टुपिड हो भनेर जान्नु आफुलाइ। अर्थात तपाईले आर्थिक हिसाबले बिना योजना, बिना आइडिया र बिना सोचको मानिस भनेर बुझ्नुहोला।
बिना उपार्जन, बिना उत्पादनमुलक अन प्रडक्टिभ रकम किन थुपारि राख्नुहुन्छ? कि त तपाइ सङ्ग भएको रकम कसरी सदुपयोग गर्ने, कसरी आय आर्जनमा बदल्ने आइडिया छैन कि, तपाइ केहि गर्नै चाहनुहुन्न वा कि त तपाईले तपाइ सङ्ग भएको रिसोर्सलाइ जोखिमका कारण, डुबिने हो कि भन्ने डरका कारण वा तपाईको परिवार लोग्ने वा श्रीमती बिच अन्डरस्ट्यान्डिङ्ग वा मिलाप वा बिश्वास छैन? कि त तपाइलाई केहि गर्नु नै छैन वा रकम जम्मा गरि नेपाल फर्कने सोच छ कि? वा रकमले घर वा गाडीमा क्यास हालेर किन्ने सोचमा हुनुहुन्छ?

एयरपोर्ट वा सार्बजनिक स्थानमा प्रति ब्यक्ति २ हजार डलर भन्दा माथि बोकि हिँड्दा कथमकदाचित अनुसन्धान वा चेकिङमा पर्दा कमाइको आधार वा स्रोत खोल्नुपर्ने हुन्छ​। क्यासमा काम गर्ने, कर नतिर्ने वा कमाइ गैरकानुनी भए दुइ हजार डलर भन्दा माथिको रकम सबै सिज हुनसक्छ र मनि लन्डरिङ्गको कानुनी सजायमा तपाइ पर्नुहुनेछ​।
अब आइन्दा तपाईको खातामा कसैले पनि क्यास रकम जम्मा गर्न पाउदैनन् न त तपाईले नै अर्काको खातामा क्यास रकम जम्मा गर्न पाउनुहुन्छ​। तर, चेक वा मनि अडर वा क्यासियर चेक चाहि चिने जानेका कसैको खातामा आबश्यक परेमा जम्मा गरिदिन सकिन्छ र अरुले पनि तपाईको खातामा राखिदिन सक्छन तर नो क्यास एनिमोर​।
९ हजार ९ सय ९९ डलर ९९ सेन्ट भन्दा माथि १० हजार भन्दा माथि आफ्नै बैङ्क खातामा राखेपनि, एयरपोर्टमा आउदा साथमा नगद वा त्यस बापतको जिन्सी भए बैकिङ्ग हिसाबमा करेन्सि ट्रान्जेक्सन रिपोर्ट सिटिआर बैङ्कले नै आइ आर एसलाई रिपोर्ट गर्दछ र उक्त डिपोजिटमा शङ्का लागे तुरुन्त आइ आर एसले इन्भेस्टिगेसन गर्नेछ र उक्त रकम गैरकानुनी वा स्रोत नखुले तपाईको बैङ्क खाता बन्द हुने र उक्त रकम सिज भै तपाइ माथि थप निगरानी एबम कार्वाही हुनसक्नेछ​।
घर किन्दा वा गाडि किन्दा वा कुनै पनि सेवा र सुबिधा वा आवश्यकता ठुलै रकम मोटै रकमको भए पुर्ण पुरा क्यास तिरि खरिद गर्ने मिस्टेक गल्ति कदापि नगर्नु अमेरिकामा। आर्थिक नलेजका हिसाबले स्टुपिड मानिन्छ किन कि त्यस खालको खरिदमा सबै क्यास हाल्दा त्यसले न त आय आर्जन गर्छ। तपाइ सङ्ग भएको सिड मनि ब्याड इन्भेष्टमेन्ट जादा उक्त रकमबाट आय आर्जनको लगानी गर्ने सम्भावना र उपायमा तपाइ आफैले आफ्नो खुट्टामा बन्चरो हान्नु भयो र यसले के देखाउँछ भने तपाइ सङ्ग कमनसेन्स छैन। यसको मतलब तपाइ स्मार्ट होइन भने अर्कोतर्फ तपाइ माथि अनुसन्धान र वाच हुन सक्छ सरकारी निकाय आइ आर एसबाट​।

ग्रोसरि किन्न, बियर वाइन, ह्विस्की किन्न, खसीको कुखुराको मासु वा सुङ्गुर पोर्क वा गाईको मासु खरिदमा क्यास प्रयोग गर्न सक्नुहुन्छ​। पेट्रोल किन्न, मर्मतसम्भार गर्न वा कुनै पनि स साना भैपरी आउने चिजमा खर्च गर्न सक्नुहुन्छ क्यास मनि। तर सकेसम्म क्यास रकम खर्चिनेमा कमि ल्याउनुहोस​। किनभने क्यास रकम अधिकाशं समय रेकर्डिङ हुन्न। स्टेटमेन्टमा आउदैन​। रिसिप्ट वा बिल राख्नुभयो भने छुट्टै। खानपिन, घुमफिर वा आउटिङ्गमा क्यास गर्न सकिन्छ तर यसबाट न तपाईको क्रेडिट स्कोर बढ्छ, न त क्रेडिट एकाउन्ट स्टाब्लिस हुन्छ न त कर दाखिलामा सहयोग पुग्छ खर्च देखाउन​। क्रेडिट कार्ड प्रयोग गरि डेबिट कार्डबाट ब्याक टु ब्याक पे गरिदिनु होस बैङ्क खाता वा डेबिट कार्डबाट वा चेकबाट वा डेबिट कार्डबाट गर्दा कर दाखिला वा आर्थिक नियमिततामा थप पारदर्शिता देखिनुहुन्छ जसबाट तपाईको फाइनान्सियल क्रेडीबिलिटि बढ्नु तपाईको लागि राम्रो हुनेछ​।
क्यास बोकेर बस्ने तर लगानी नगर्ने वा आय आर्जनको स्रोतमा वा बाटोमा लगानी वा सदुपयोग नगर्नु तपाइ आफ्नो फाइनान्सियल फ्रिडम वा प्रस्पेरिटि चाहन्नुहुन्न भन्ने बुझिन्छ अर्थात तपाइ त्यो बाटोमा जाने तपाइ सङ्ग इच्छा शक्ति नै छैन न त ज्ञान​। तपाइ सङ्ग भएको माइन्ड सेट र फियर अर्थात डर नै मुख्य शत्रु हो तपाईको आर्थिक स्वतन्त्रता र समुन्नतिको अमेरिकामा। भएको क्यास लाइ वा सिडमनिलाइ आम्दानीमा वा थप आय आर्जनमा बदल्न तपाइ सङ्ग म गुणात्मक जिवन जिउन चाहन्छु। म लो लाइफबाट बच्न चाहन्छु। म अमेरिकन ड्रिम र अबसरलाइ मज्जाले सदुपयोग गर्छु। म र मेरो परिवारको अबकाश जीवनका लागि आर्थिक हिसाबले सुरक्षित चाहन्छु। भन्ने तपाइ सङ्ग बिहान उठे देखि बेलुकी नसुतेसम्म इच्छा शक्ति प्रबल हुनुपर्छ​।
बैङ्कमा राख्ने, सिरानीमा राख्ने वा कसैलाई सापटी दिने, घुम्ने खाने रमाउने, अर्काको देखासिकी गरि आफ्नो हैसियत भन्दा बढि ऋण र खर्च गर्ने, स्किल बिना भिर चढ्न खोज्ने, श्रम नगर्ने र हार्डवकिङ्गमा मनै नजाने, सामाजिक सञ्जालको रमिता हेरि बस्ने, भोज भतेर, नाच गान र बिगारिदिने सङ्गत र लम्पट सङ्गतमा फस्नु भयो भने तपाइ अमेरिकामा भात तिउन मात्र बजाइ बस्ने ड्रिम बिहीन मनुष्यको रुपमा दर्ज हुनेछ। यसको मतलब तपाईको हालको दैनिकी र अबकाश जिवन मरि तुल्य हुनेछ भनेर बुझ्नुहोस​।
एकाबिहानै उठ्दा एकैछिन सिरियस भएर सोच्नुहोस् त तपाइ आफैलाई? अहिलेका ५० बर्षका नेपाली नरनारिहरु अमेरिकामा १० बर्ष पछि यहि हालतमा कहा पुग्छन आर्थिक हिसाबले? समय, उमेर, उर्जा र अबसरलाइ नबुझ्नेहरू अबको १० बर्षमा रित्तै र सडकमा हुन्छन हुनेछन तपाईको नोटबुकमा टिपिराख्नुहोला।

प्रतिक्रिया दिनुहोस्