काठमाडौं : स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्व डा. होम प्रसाद अधिकारीले भारतस्थित ओम स्टर्लिङ् ग्लोबल युनिभर्सिटी बाट स्वास्थ्य सेवा व्यवस्थापन “Hospital’s Disaster Preparedness and Management in Tertiary Level Hospitals of Kathmandu Valley” मा पीएचडी उपाधि हासिल गर्नुभएको छ ।

उहाँले काठमाडौं उपत्यकाका अस्पतालहरूको विपद् तयारी तथा व्यवस्थापन विषयमा अनुसन्धान गर्नुभएको थियो । यस शोधले स्वास्थ्य संस्थाहरूले विपद् व्यवस्थापनका लागि अपनाउने रणनीतिहरू र तयारी प्रक्रियाहरूको प्रभावकारिताबारे विस्तृत अध्ययन प्रस्तुत गरेको छ।
डा. अधिकारी, सुवेच्छा इन्टरनेशनल अस्पतालका प्रमुख कार्यकारी अधिकृत, सुवेच्छा कलेजका शैक्षिक निर्देशक र अथर्व बिजनेस कलेजको कार्यक्रम निर्देशक को रूपमा हाल कार्यरत हुनुहुन्छ । समाजसेवामा पनि उहाँ सक्रियतापूर्वक लागिरहनु भएको छ ।
दोलखाको तामाकोसी गाउँपालिका वडा नं. ५ तथा साविकको सहरे गाविसबाट पिएचडी हासिल गर्ने उहाँ पहिलो व्यक्ति पनि हुनुहुन्छ, यो उहाँको जन्मस्थान पनि हो ।


प्रतिक्रिया दिनुहोस्