पाल्पामा मलामी बस दुर्घटना: सातको मृत्यु

पाल्पामा मलामी बस दुर्घटना: सातको  मृत्यु

बाबुराम ओली

पाल्पा ,१९ पुस — पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार बस दुर्घटना हुँदा सात जनाको भृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि:सीले जानकारी दिनु भयो । उहाँका अनुसार बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो ।आइतबार बिहान १०:३०तिर लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको अध्यक्ष जि:सीको भनाई रहेको छ । जि:सीका अनुसार बसमा करिब ३४/३५ जना मलामी सवार थिए । गाउँपालिका मार्फत एम्बुलेन्सको उपलबध भएसँगै प्रहरी र स्थानीयले उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको अध्यक्ष जि:सीले बताउनु भयो । बाँकीको अवस्था सामान्य रहेको स्थानीयको भनाइ रहेको छ ।

प्रहरी र स्थानीयसहितको टोली द्धारा घाइतेको उद्धार कार्य भएको छ । चार वटा शव बाहिर देखिएको र तीनवटा शव दुर्घटनाग्रस्त बसले च्यापेकाले जेसीभी मार्फत शव निकाल्ने व्यवस्था गरेको रिब्दिकोट गनउँपालिकाका अध्यक्ष नारायण बहादुर जि:सीले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्