बाबुराम ओली
मंसिर १९, सुर्खेत ।
सुर्खेत जिल्लाको लेकवेशी नगरपालिकामा विकासको गतिले तिव्र रुप लिदै अघि बढिरहेको छ ।
नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, कृषि, लगायतका क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कामहरु गर्दै आइरहेको छ । यस क्षेत्रको स्थानिय सरकार, स्थानिय बाँसी र अन्य संघ–सस्थाहरु एकताबद्ध रुपमा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने र आवश्यक सम्पदा निर्माणको निम्ती अग्रसर भइरहेका छन् । यस नगरपालिकामा पुराना मठमन्दिर, चौतारा संरक्षण गर्दै अगाडि बढिरहेको छ । पहिले धेरै ठाउँहरुमा विद्युत नगएका कारण स्थानीयले धेरै समस्याहरु सहनु परेको थियो । तर स्थानीय सरकार आएदेखी यस क्षेत्र उज्यालो लेकवेशी नगरपालिका बन्न सफल भएको छ । जस्ले गर्दा स्थानीय बासीमा सहजता पैदा भएको छ । कृषि सम्बन्धी उन्नत जातका विउ विजन, मल विभिन्न अन्नबाली र फलफुलहरुको उपलब्धताले गर्दा कृषि क्षेत्र फस्टयाउँदै गइरहेको छ ।
विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्नको लागि विषयगत शिक्षकको व्यवस्था, पाठयपुस्तकको उपलब्धता, विद्याल्यमा स्वचछ खानेपानीको व्यवस्था लगायतका थुप्रै व्यवस्थाले गर्दा शिक्षा क्षेत्रमा सुधार हुने क्रम अघि बढिरहेको सुर्खेत जिल्लाको लेकवेशी नगरपालिकाका नगर प्रमुख गगन सिं सुनारले बताउनु भयो । शिक्षासँगै प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नको लागि स्वास्थ्य चौकी र अस्पतालमाहरु निर्माण चरणमा रहेका छन ।
नगरपालिकामा सम्पूर्ण कामहरु गर्दा स्थानियबाट निकै साथ पाएको र बाँकी रहेका कामहरु योजना बद्ध निर्माण चरणमा रहेको गाउँपालिका अध्यक्ष सुनुवारले बताउनु भयो ।
लेकवेशी नगरपालिकामा विकासले तिव्र रुप लिदै

प्रतिक्रिया दिनुहोस्