माघ ६, खोटाङ।
स्थानिय सरकारको गठन भएको छोटो समयमा धेरै गाउँपालिकामा समृद्धि र विकास तिव्र गतिमा अगाडि बढिरहेको देख्न सकिन्छ । यस्तै विकास गर्ने गाउँपालिका मध्ये एउटा उदाहरण खोटाङ जिल्लाका जन्तेढुंङ्गा गाउँपालिका पनि हो ।
यस गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, पुल, विद्युत, वडा भवन, लगायतका विकासका कामलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । गाउँपालिकाद्वारा शैक्षिक सामाग्री उपलब्ध, ,बालमैत्री र अपाङगता मैत्री विद्यालयको निर्माणसँगै खेल मैदानको व्यवस्था लगायतका सुधारले शैक्षिक उपलब्धी भइरअेको छ । जनताहरुमा स्वास्थ्य सेवा पुर्याउनको लागि स्वास्थ्य चौकीको निमार्ण , अस्पताल निर्माण, वर्थिङ सेन्टरको व्यवस्थाले गर्दा स्वास्थ्य क्षेत्रमा प्रगति भएको देख्न सकिन्छ । साथै सुत्केरी आमा र बच्चाको हेरचाहको लागि गाउँपालिकाले निशुल्क एम्बुलेन्स र स्वास्थ्य सेवा प्रदान गरेको खोटाङ जिल्ला जन्तेढुंङ्गा गाउँपालिकाका अध्यक्ष शंखर बहादुर राईले बताउनु भयो । कृषि तथा पशुविज्ञहसँग समन्य गरेर पकेट क्षेत्र बनाएर विउ, मलको प्रशस्त मात्रामा उपलब्धता जस्ता विकासका कामहरु भइरहँदा यहाँका स्थानीयलाई कृषिको लागि सहजता पैदा भएकोे छ । यस गाउँपालिकाले किसानहरुलाई कृषि सम्बनधी तालिम पनि दिदै आइरहेको छ ।
स्थानिय तहको पहिलो कार्यकालमा विभिन्न समस्याहरु हुँदा हुँदै पनि विकास निर्माणका कामहरु गर्नको लागि पछि नपरेको र बाँकी रहेका कामहरु पुरा गर्नको लागि योजना बनाइरहेको राईले बताउनु भयो । उहाँका अनुसार सम्पूर्ण विकासका कामहरु गर्दा स्थानीयबाट धेरै सहयोग रहेको छ ।
प्रतिक्रिया दिनुहोस्