मालिका गाउँपालिकामा विकासको लहर आउँदै

मालिका गाउँपालिकामा विकासको लहर आउँदै

बाबुराम ओली
मंसीर १६, गुल्मी ।
स्थानिय सरकारको गठन भएको छोटो समयमा धेरै गाउँपालिकामा समृद्धि र विकास तिव्र गतिमा अगाडि बढिरहेको देख्न सकिन्छ । यस्तै विकास गर्ने गाउँपालिका मध्ये एउटा उदाहरण गुल्मी जिल्लाको मालिका गाउँपालिका पनि हो ।
यस गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, पुल, विद्युत, वडा भवन, लगायतका विकासका कामलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । गाउँपालिकाद्वारा शैक्षिक उन्नती र प्रगतिको लागि विषयगत शिक्षको व्यवस्था, बाल शिक्षाको स्थापना, शिक्षकलाई विषयगत तालिम , प्रत्येक विद्यालयमा ल्याब र इनटरनेटको व्यवस्था भइरहेका छन् । जनताहरुमा स्वास्थ्य सेवा पुर्याउनको लागि स्वास्थ्य चौकीको निमार्ण , औषधीको उपलब्ध, एमबुलेन्सको व्यवस्था।, १५ सैयाको अस्पताल निर्माण, उपयुक्त स्वास्थय कर्मचारिको उपलब्ध र वर्थिङ सेन्टरको व्यवस्थाले गर्दा जन्ताहरु टाढाटाढा जानुपर्ने अबस्था हराउदै गइरहेको छ । साथै सुत्केरी आमा र बच्चाको हेरचाहको लागि गाउँपालिकाले घरघरमा गएर निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको गुल्मी जिल्ला मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले बताउनु भयो ।

कृषि प्रधान देश भएका कारण कृषि बिना बाँच्न नसकिने भएकोले कृषिलाई विशेष प्राथमिकताका राखेर कृषि सम्बनधी टनेल, विउ, मल, टयाक्टर, अनुदान लगायतका थुप्रै अतिआवश्यक सामाग्री र कृषकलाई तालिमको व्यवस्था भएका कारण मनग्य आमदानी हुन थालेको गाउँपालिका अध्यक्ष थापाले बताउनु भयो । साथै पशुपालनको क्षेत्रमा पनि सकरात्मक परिवर्तन ल्याउनको लागि १३० के.जी बोकाको मासु बनाए बापत १३ पुरस्कार र गाईको दुध १ लिटर उत्पादन गरेबापत प्रतिलितर रु.१० अनुदान दिने व्यवस्था भएसँगै पशुपालनमा लागने व्यक्तिहरुको लहर नै लागेको छ ।

स्थानिय सरकार आउनु भन्दा पहिले बर्खाको समयमा नचल्ने, फसेका गाडिहरु निकालन टयाक्टर बोलाउनु पर्ने अबस्था रहेको थियो तर निर्वाचन भइसके पछि बाह्रै महिना चल्ने गरि सडकको निर्माण र पिचको काम सुरु भइरहेको छ । सदरमुकामबाट वडामा जाने सम्पूर्ण सडकहरु निमार्ण भएपछि सो क्षेत्रमा रहेका स्थानियले लामो पैदल यात्राको समस्या भोगनु पर्ने अबस्था हराउदै गइरहेको छ । सडकको निर्माण भएसँगै गाउँपालिकामा उतपादन भएका वस्तुहरुको ढुवानिको लागि धेरै समस्याको मुक्त भएको गाउँपालिका अध्यक्ष थापाको दावी रहेको छ । पर्यटनमा समृद्धि लयाउनको लागि मालिका पैदल यात्रा स्थापना, प्यारालाइट स्थापना , रेलिङ निर्माण र प्रचारप्रसार गर्ने काम भइरहेका छन् ।
मालिका गाउँपालिकामा महिला र दलितको हक, हितको लागि थुप्रै अभियानहरु सञ्चालनमा आइरहेका छन् । सो क्षेत्रमा रहेका सबै वडाहरुमा खेलमैदानको निर्माण भइसकेका छन भने अन्तराष्ट्रिय मापदण्डका अनुसार गाउँपालिकामा खेल मैदान व्यवस्थित हुदै गहिरहेको छ । हावा, पानिले असर नगर्ने क्षेत्र भएका कारण खेलकोलागि उपयुक्त ठाउँ रहेको गाउँपालिका अध्यक्ष थापादे बताउनु भयो । समग्रमा यी सम्पूर्ण कामहरुलाई हेर्ने हो भने विकसित गाउँपालिका भइरहेको अनुमान लगाउन सकिन्छ ।

स्थानिय तहको पहिलो कार्यकालमा विभिन्न समस्याहरु हुँदा हुँदै पनि विकास निर्माणका कामहरु र जनताकाको सुबिधाको लागि काम गरेकाले बाँकी रहेका कामहरु पुरा गर्न योजना बनाइ रहेको गाउँपालिका अध्यक्ष थापाले बताउनु भयो । उहाँका अनुसार सम्पूर्ण विकासका कामहरु गर्दा स्थानीयबाट धेरै सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्