जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहारमा हल्का वर्षा हुने प्रक्षेपण गरेको छ।
बुधबार तिहार विशेष बुलेटिन निकालेर चतुर्दशी (१५ गते), औंसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको हो।
महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
प्रतिक्रिया दिनुहोस्