२३ बसन्तमा रमाईरहेकि अप्सरा तिमल्सिना, एयरपोर्ट होटेल हुँदै हाल नेपालकै चर्चित मध्येको एउटा, एभरेष्ट होटलको असिस्टेन्ट सेल्स म्यानेजरको जिम्मेवारीमा छिन् ।
विजनेश स्टेडिजमा मास्टर गरिरहेकी उनै अप्सरा तिमल्सिनाले केहि दिन अघिमात्र सामाजिक सञ्जालमा केहि विशेष प्रकारका तस्विरहरुसहित स्टाटस अपडेट गर्दै आफ्ना फ्लोअरहरुलाई अच्चमित तुल्याइन तर यी दिनहरुमा उनी एउटा जबरदस्त म्युजिक भिडियो खेल्न व्यस्त थिइन भन्ने अनुमानसमेत कसैले लगाउन सकेनन् ।
“त त कस्तो भाग्यमानी” शिर्षकको म्युजिक भिडियोबाट डेब्यु गरिरहेकि तिमल्सिनाले विकास लामिछानेसँग स्क्रिन सेयर गरेकी छिन् । निकेश खड्काले निर्देशन गरेको उक्त भिडियोको गितमा प्रविन भेटवालको आवाज सुन्न सकिन्छ । यसमा शब्द सुवासचन्द्र ढुंगेलको रहेको छ ।
हाल क्यानाडामा बस्ने महेश भट्टराईको प्रस्तुती रहेको सो म्युजिक भिडियोको पोष्टर सार्वजनिक भईसकेको छ भने केहि दिनमै टिजर पनि सार्वजनिक हुँदैछ । त्यसकारण, अप्सराको अभिनय र प्रविनको स्वर सुन्न अझै केहि दिन लाग्ने अनुमान लगाउन सकिन्छ ।

हस्पिटालिटी क्षेत्रको सेल्स मार्केटिङमा दख्खल राख्ने अप्सराको नृत्य र अभिनय त उत्कृष्ट छनै् उनको विचार, सिर्जनशिल सोच र क्रियाशिलता पनि उत्तिकै अनुकरण गर्न लायक रहेको, उनका निकटस्तहरुको अनुभव छ ।
त्यसकारण त उनी, हस्पिटालिटी क्षेत्रको लागि यो सहरकी कान्छी असिस्टेन्ट म्यानेजर भनेर पनि चिनिन्छिन् । यत्ति कम उमेरमा, एउटा प्रतिष्ठित होटेलको, यस्तो जिम्मेवारीमा रहेर काम गर्ने उनी यो सहरकै कान्छी म्यानेजर नै होलिन् ।
वाल्यकालदेखि नै नृत्य र अभिनय क्षेत्रमा रुचि राख्ने अप्सराले आगामी दिनमा हस्पिटालिटी र मोडलिङ क्षेत्रलाई समानान्तररुपमा अगाडि बढाउने योजना पनि सार्वजनिक गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्