२०७६ असार १ गते आइतबार काठमाडौं जिल्ला अन्तर्गत रहेका सम्पूर्ण निजि बिद्यालयहरु बिदा हुने भएको छ । एनप्याब्सन काठमाडौंले विशेष विज्ञप्ति जारी गर्दै लामो समय देखि शिक्षा क्षेत्रमा समर्पित कान्तिपुर एकेडेमी जोरपाटीका प्रिन्सिपल,नेसनल प्याव्सनका काठमाडौं जिल्ला उपसचिव तथा गोकर्णेश्वर नगर समितिका अध्यक्ष रहेका क्रियाशील व्यक्तित्व बाल कुमार गुरुङको मिति २०७६ जेठ ३० गते भएको निधन प्रति शोक बिदा दिने भएको हो ।
उक्त बिज्ञप्ति मार्फत श्रद्वेय गुरुङ प्रति भाव पूर्ण श्रद्धाञ्जली प्रकट गर्दै उक्त एक दिन बिधालय बन्द गरी यस दुखद घडीमा साथ दिन सम्बन्धित सबै बिद्यालय तथा संघ संस्थाहरुलाई विशेष अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्