इन्जिनियर नवराज र रचनाको स्वर रहेको, आधा माया सार्वजनिक

इन्जिनियर नवराज र रचनाको स्वर रहेको, आधा माया सार्वजनिक

ज्योमेट्रिक इन्जिनियर नवराज बजगाईलेआधा माया बोलको गित आज सार्वजनिक गरेका छन् । चर्चित युटुव च्यानल OSR Digital बाट सार्वजनिक गरिएको यो गित, यूवा पुस्ताको रोजाईमा पर्न सफल गायिका रचना रिमाल र स्वम नवराजकै स्वरमा सजिएको छ । यस्तै, कर्णप्रिय संगितका सर्जक महेश खड्काको लय तथा  संगितले सुनमा सुगन्ध थपेको महशुस गराउदछ । प्रकाश लम्सालको शब्द पनि दमदार सुनिन्छ ।

इन्जिनियर नवराजसहित हाल चर्चामा रहेकी उषा उप्रेतिको अभिनय, यो गितमा देख्न पाइन्छ । माया प्रितिका सुमधुर क्षणहरुलाई समेटेको यो गित सदावहार प्रकृतिको सुनिन्छ । यसलाई नेपाली गितसंगित क्षेत्रमा एउटा नयाँ कोशेलीको रुपमा ग्रहण गर्न इन्जिनियर नवराजले अपिल गरेका छन् ।

टिम मुक्तीनाथको निर्देशनमा तयार भएको यो गित युटुवमा अपलोड भएसंगै राम्रो प्रतिक्रिया पाइरहेको छ ।
यस अगाडि पनि तिमि फूल हौ प्रिया लगायतका गित बजारमा ल्याईसकेका इन्जिनियर नवराज आफ्नो पेशासंगै गित संगित, अध्ययन अनुसंन्धान, समाजसेवा तथा स्टक मार्केटसम्वद्ध गतिविधिहरुमा सक्रिय छन् ।

( तलको लिंकबाट यो गित सुनेर तपाईको प्रतिक्रिया दिनुहोला । )

आधा माया 

प्रतिक्रिया दिनुहोस्